रौतहट ३१ असोज
रौतहटको गैडाटारमा गत असोज २८ गतेबाट फुटबल प्रतियोगीता सञ्चालन भइरहेको छ । कछडिया समाज युवा क्लवद्धारा आयोजित सो प्रतियोगीता चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारमा सञ्चालन भइरहेको छ । सो प्रतियोगीता अन्तर्गत शुक्रबार पनि २ ओटा खेल सम्पन्न भएको छ । शुक्रबार भएको पहिलो खेल बकैया युवा क्लव मकवानपुर र सिंगौल युवा क्लव बाराबिचको खेलमा सिंगौल युवा क्लव बारा विजयी भएको छ । निर्धारित समयमा बराबरी भइपछि खेल पेलान्टी सुटआउटमा गएको थियो । पेलान्टीमा सिंगौल युवा क्लव बाराले बकैया युवा क्लवलाई ३—० गोल अन्तरले पराजित गरेको छ । त्यसैगरि शुक्रबारको दोस्रो खेल निजगढ युवा क्लव बारा र चिडियादह युवा क्लव चन्द्रनिगाहपुरबिच सम्पन्न भएको थियो । सो खेलमा निजगढ युवा क्लव बाराले ३—१ गोल अन्तरले जित निकालेको छ । गैडाटारमा सञ्चालित यो प्रतियोगीता कार्तिक ८ गतेसम्म हुने कछडिया समाज युवा क्लवका अध्यक्ष कृष्ण कुमरले तराई पोष्टलाई जानकारी दिनु भयो । भोली कार्तिक १ गते शनिबारको पहिलो खेल जुडिबेला युवा क्लव र हिलेखोला युवा क्लवबिच हुने आयोजकले जनाएको छ । त्यसैगरि दोस्रो खेल जनज्योती युवा क्लव भवानीपुर र शिवशंकर युवा क्लव सर्लाहीबिच हुने आयोजकले तराई पोष्टलाई जानकारी दिनु भयो ।

