रौतहट ३१ असोज
रौतहटको चन्द्रनिगाहपुरमा बृद्ध भता वितरणमा बैकहरुले उचित ब्यवस्थापन गर्न नसक्दा बृद्धहरु सडकमा नै बस्न बाध्य भएका छन । चन्द्रपुर नगरपालिकाले बृद्ध भता स्वरुपको रकम बैकहरुमा वितरणका लागी पठाएपछि यति बेला बृद्धबृद्धाहरु सम्बन्धित बैकहरुमा भता बुझ्नका लागी बैकमा धाउन थालेका छन । तर बैकहरुले बस्ने ब्यवस्थापन गर्न नसक्दा बृद्धबृद्धा आमाबुवाहरु बैंक बाहिर सडकमा नै बस्न बाध्य भएका छन । बिहानै देखि चन्द्रपुर –गौर सडकमा भत्ता लिनेहरुको भिड लाग्ने गरेको पाइएको छ । चन्द्रपुरका विभिन्न स्थानका वृद्धवृद्धाहरु बिहानै देखि भत्ता लिनका लागि बैंक पुगेका उनीहरूलाई बस्ने ठाउँ अभावका कारण सडकको किनारामा बस्न बाध्य भएका छन । बिहान १० बजे भन्दा अगाडि नै भत्ता लिन बैंक आइपुगेका वृद्धवृद्धाहरु बस्ने उचित व्यबस्था नहुँदा घाम र धुलोमा सडक किनारमै लामो समय कुर्नु परेको उनीहरुले बताएका छन । वृद्धवृद्धाले भत्ता पाउन कै लागि बिहान सबेरै देखि लाइनमा उभिनु परेको तर बैंकभित्र बस्ने वा कुर्न सहज स्थान नहुँदा निकै समस्या भएको गुनासो गरेका छन । उनीहरूका अनुसार प्रत्येक वितरण कार्यक्रममा वृद्धवृद्धाको स्वास्थ्य र सुविधालाई प्राथमिकतामा राखी बस्ने व्यवस्था, छायाँ, र पिउने पानीको प्रबन्ध गर्न आवश्यक देखिएको बताइएको छ । सम्बन्धित बैंक तथा स्थानीय निकायले आगामी दिनमा यस्तो समस्या दोहोरिन नदिन आवश्यक पूर्व तयारी र व्यवस्थापन गर्नुपर्ने स्थानीयवासीको सुझाव दिएका छन ।

