महोत्तरी, २२ असोज । महोत्तरीको जलेश्वर नगरपालिका–६ धवौलीमा खाल्डोमा जमेको वर्षाको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृतक ११ वर्षीय सलमान साफी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र भट्टले जानकारी दिए ।
उनका अनुसार बुधबार दिउँसो सलमान नुहाउन खाल्डोमा गएका थिए । त्यही क्रममा गहिरो पानीमा डुबेर उनको ज्यान गएको हो । स्थानीयले घटनास्थलबाट बालकलाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्याए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
लगातारको वर्षाका कारण सडक छेउ र खाली ठाउँहरूमा पानी जमेकाले स्थानीय क्षेत्रमा दुर्घटनाको जोखिम बढेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

