अविरल वर्षाका कारण वृन्दावन–१ का रुपलाल रामको घर भत्कियो, राहतको माग

  रुपेन्द्र पटेल
रौतहट, २० असोज । अविरल वर्षा सँगै आएको हावाहुरीले रौतहटको वृन्दावन नगरपालिका वडा नं–१ रमौली बैरिया स्थित रामटोलका रुपलाल रामको फुसको घर शनिबार राति भत्किएको छ । वडाअध्यक्ष रामनाथ सहनीका अनुसार घर भत्किँदा रामको अन्नपात, लत्ता–कपडा र घरेलु सामग्री पूर्ण रूपमा नष्ट भएका छन् ।

“रुपलाल राम अति विपन्न परिवार हुन्, घर भत्किएपछि उनी परिवारसहित आफ्ना भाइको घरमा आश्रय लिन बाध्य भएका छन्,” वडा अध्यक्ष सहनीले बताए ।

स्थानीयवासीले सरकारले तत्काल राहत र पुनःनिर्माणका लागि सहयोग उपलब्ध गराउन आग्रह गरेका छन् । रामको अहिले घर भत्किएपछि न घर न घाटका बनेका छन् । विपन्न परिवार भएकाले उनीहरूलाई तत्काल आवास र खाद्यान्न सहयोग आवश्यक रहेको स्थानीयले बताएका छन् ।

ताजा समाचार

Related Articles