करेन्ट लागेर चेतनगरमा एक महिलाको मृत्यु

रुपेन्द्र पटेल
रौतहट, १९ असोज । रौतहटको चन्द्रपुर नगरपालिका–९ चेतनगर बजारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। शनिबार राती करिब साढे ८ बजेको समयमा मोटर चलाउने क्रममा करेन्ट लाग्दा स्थानीय दिनेश साहकी २८ वर्षीया श्रीमती मिंकु देवी साहको निधन भएको हो।
इलाका प्रहरी कार्यालय चन्द्रनियापुरका अनुसार मिंकु आफ्नै घरमा रहेको मोटर चलाउने क्रममा कलमा अचानक करेन्ट प्रवाह हुँदा बायाँ हातमा करेन्ट लागेको थियो । करेन्ट लागेपछि परिवारका सदस्यले तत्काल उनलाई उपचारका लागि सिभिल अस्पताल चन्द्रनिगाहपुर पुर्‍याएका थिए । तर, उपचारको क्रममा शनिबार राति करिब साढे ९ बजे चिकित्सकले मिंकुलाई मृत घोषणा गरेका थिए।
मृतकको शव पोस्टमार्टमका लागि चन्द्रनियापुरस्थित सरकारी अस्पताल लगिएको र आइतबार बिहान पोष्टमार्टमपछि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ।
अचानक भएको उक्त घटनापछि सिङ्गो चेतनगर बजार शोकमग्न बनेको छ।

ताजा समाचार

Related Articles