अविरल वर्षाले रौतहटका किसानको ठुलो क्षती, पाकेका धान खेतमै ढल्यपछि निराश

      रुपेन्द्र पटेल
रौतहट, १९ असोज । शनिबार बिहानैदेखि निरन्तर परेको अविरल वर्षाका कारण रौतहटका किसानहरुको ठूलो क्षती पुगेको छ । धान पाक्ने बेलामा हावाहुरी र वर्षा एकसाथ परेपछि धेरै किसानको धान खेतमै ढलेको हो, जसले आगामी दिनमा अन्न नष्ट हुने जोखिम बढाएको छ ।

चन्द्रपुर र वृन्दावन नगरपालिकाभित्र मात्रै सयौं बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको धान वर्षा र हावाहुरीका कारण ढलेर पानीमा डुबेको स्थानीय किसानहरुले बताएका छन् । खेतमा पानी जमेकाले धान कुहिने, अंकुर फूट्ने र उत्पादनमा ठुलो ह्रास आउने आशंका गरिएको छ ।
वृन्दावन–५ का किसान हरिशचन्द्र यादवले भने, “धान पहेँलपुर भएर काट्ने बेला थियो, तर यो वर्षाले सबै खेतमा पानी जम्मा गरिदियो । धान ढल्यो, अब कुहिने डर छ ।”

जिल्लाको गढीमाई, गरुडा, कटहरिया, राजदेवी, गौर, इसनाथ, दुर्गा भगवती, यमुनामाई लगायतका क्षेत्रका खेतहरुमा समेत वर्षाको पानी यति धेरै जम्मा भएको छ । कतिपय ठाउँमा खेत नै नदेखिने अवस्था बनेको छ ।
कृषि ज्ञान केन्द्र रौतहटका अनुसार, हालसम्म किसानको कुल क्षतिको विवरण आउन बाँकी छ । “स्थानीय तहहरुले विवरण संकलन कार्य जारी राखेका छन् । साँझसम्म प्रारम्भिक विवरण आउन सक्छ ।

लगातारको वर्षाका कारण खेतमा पानी नघट्दा धानमाथि रोग लाग्ने, पराल कुहिने र अन्न गुणस्तर घट्ने सम्भावना रहेको कृषिविद्हरू बताउँछन् ।
अविरल वर्षाले रौतहटमा सडक, बस्ती, इन्टरनेट सेवा र बजार क्षेत्रहरू पनि प्रभावित बनाएको छ ।

ताजा समाचार

Related Articles