रौतहट १८ असोज
शनिबार चट्याङ लागेर रौतहटमा २ जनाको मृत्यु भएको छ । रौतहट लगायत मुलुकभर शनिबार बिहानबाटै भारी बर्षा भइरहेको छ । सो बर्षासँगै चट्याङ समेत लागेको छ । रौतहटको कटहरिया नगरपालिकाको वडा नम्बर २ हथियाहीका बर्ष १६ का सेहराज लहनी र नविन यादवको शनिबार चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । निरन्तर बर्षा भइरहदा चट्याङ पनि लाग्ने हुदा विद्युतिय सामग्रीहरुलाई करेन्ट लाइनबाट छुट्याएर राख्नु पर्ने र सतर्कता रहन प्रशासनले अनुरोध गरेको छ ।

