गैंडाटारमा ३ दिने ञ्युङ्ने मौन व्रत सम्पन्न

रौतहट १७ असोज
रौतहटको गैडाटारमा ३ दिने ञ्युङ्ने मौनव्रत सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिकाको वडा ३ गैडाटार स्थित तेन्पा दार्गेलिङ गुम्बामा असोज १३ गते फूलपाती देखि शुरु भएको त्रिदिवसीय महाकरुणीमय आर्य अवलोकितेश्वर (चेनरेसी) को ञ्युङ्ने मौनव्रत १६ गते बिहिबार सम्पन्न भएको हो । श्रदय गुरु लोपेन ङवाङ दोर्जे हिसे लामा र लोपेन तेन्पा ग्याछो लामाको आतिथ्यतामा भएको ञ्युङ्ने मौनव्रत व्रतमा लामा गुरु, मणिपा र व्रतालु उपासक–उपासिकाहरू ८० जना सहभागी रहेको थियो । बौद्धधर्मलम्बिहरुले दशैँका बेलामा शक्ति पिठ र देवदेवीको नाममा लाखौं निर्दोष पशुपंक्षीहरूको बली चढाईने भएकोले मुक्तिका लागि कामना गर्दै सबै प्राणीप्रति करुणा र बोधिचित्तको भावना जागृत गराउने उद्देश्यले देशैभरको गुम्बामा मौनव्रत बस्ने गरेको छ । मौनव्रत फूलपातीको दिन लामा गुरु, मणिपा र व्रतालु उपासक–उपासिकाहरू जम्मा भै १४ गते अष्टमीको दिन बिहान शिल ग्रहण सोक्ज्योङ मौनव्रत, नवमीको दिन खानपान र पानी समेत नखाई निराहार मौनव्रत बसी १६ गते दशमी बिहिबार बिहान सातु, तातोपानी र फलफुल खाई मौनव्रत बिसर्जनपछि प्रमुख गुरुबाट प्रवचन, पुजापाठ, प्रसाद (छोग) ग्रहण छेवाङ अभिषेक टासी मंगल गरि ञ्युङ्ने मौनव्रत कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै, १ वर्षपछि पुनः सन्चालनमा ल्याएको ञ्युङ्ने मौनव्रत व्रत अझै परिस्कृत गरि बौद्धधर्म सस्कृतिको चेतना सबैमा जागृत गर्ने र आगामी दिनमा यस्ता कार्यक्रमहरु निरन्तर गर्ने गुम्बा व्यबस्थापन समितिको सचिव माइते सिंह थोकरले बताउनु भयो । कार्यक्रमलाई सफल बनाउन बिशेष गरि स्थानिय युवाहरुको अतुलनिय योगदानको गुम्बाले आभार प्रकट गरेको छ ।

ताजा समाचार

Related Articles