बस दुर्घटनामा २ को मृत्यु , ४० घाइते

रौतहट १७ असोज
शुक्रबार महोतरीमा बस दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । महोतरीको बर्दिवास नगरपालिकाको वडा नम्बर ११ खयरमारामा ना ६ ख १४६४ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो । शुक्रबार बिहान खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै सो बस दुर्घटना भएको हो । दुर्घटना हुदा बर्ष ८० का पैदलयात्री बर्दिबास–१० का चुल्हाई चौधरीको घटनास्थलमा र सर्लाहीको ईश्वरपुर–१२ का १० वर्षीय प्रवेश खड्काको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बमले जानकारी दिनु भयो । दुर्घनामा बसमा सवार ४० जनाभन्दा बढी घाइते भएका र सबैको बर्दिवासस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको बमले बतााउनु भयो ।

ताजा समाचार

Related Articles