गैडाटारका युवाहरुले शनिबार बल टाेल देखि चादी खाेला डिलसम्म गरे सडक सरसफाइ

राैतहट ४ असाेज
समृद्ध गैडाटार निर्माण अभियानले शनिबार सडक सरसफाइ गरेकाे छ । शनिबार साे अभियान अन्तर्गत चन्द्रपुर-३ गैडाटार स्थित पुच्छर बल टाेल देखि चादी खाेला डिलसम्मकाे क्षेत्रमा भएका झाडीहरु सरसफाइ गरेकाे मानध्वज थिङले तराई पाेष्टलाई जानकारी दिनु भयाे । अभियानमा लागेका युवाहरुले शून्य लागतमा श्रमदानबाट गैडाटारलाई समृद्धिकाे बाटाेमा डाेर्याउने बिवई थिङकाे भनाई रहेकाे छ । पछिल्लाे समय गैडाटारका एक युवा समुहले गैडाटारमा भए गरेका बेतिथि , अनियमितता , चाेरी तस्करी , अबैध कार्यहरुकाे राती समेत निगरानीमा राखेकाे अमर भण्डारीले बताउनु भयाे । गैडाटारका प्रत्येक टाेलमा सूक्ष्म तरिकाले अपराधिक कार्यहरुकाे निगरानी गरिरहेकाे अभियानका संयाेजक उपेन्द्र गाेलेले बताउनु भयाे । पहिलाे पटकका लागी कार्य अनुसार सम्झाई बुझाई पठाउने गरेकाे युवाहरुले बताएका छन । यस टिमले सडक सरसफाइ , गुम्बा , चाैतारा , बजार क्षेत्र सरसफाइ गर्नुका साथै गाउमा भएका अबैध कार्यहरुकाे नियन्त्रण , अनियमितता लगायतका क्षेत्रमा निगरानी बढाइ रहेकाे छ । आजकाे सडक सरसफाइ कार्यक्रममा खाजाकाे ब्यबस्थापन काठमाडौमा रहनु भएका स्थानिय श्याम चाैहानले गर्नु भएकाे थियाे । त्यसैगरि २ क्रेट पानी पाेते बल र ३ बाेतल चिसाे आदर्श सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चतुरमान माेक्तानले उपलब्ध गराउनु भएकाे थियाे । कार्यक्रम सफल बनाउन सहयाेग गर्नु हुने सहभागी सबै साथीहरु र विभिन्न तरिकाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयाेग गर्नु हुने सबैलाई समृद्ध गैडाटार निर्माण अभियानले धन्यवाद दिएकाे छ ।

ताजा समाचार

Related Articles