राैतहटका १८ ओटै स्थानिय तहका प्रमुखहरुकाे बैठक सम्पन्न

राैतहट २ असाेज

रौतहटका १८ ओटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागीता विहिबार बैठक सम्पन्न भएको छ । रौतहटकम प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काको अध्यक्षतामा बिहिबार साे बैठक सम्पन्न भएकाे हाे ।
साे बैठकले सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण तथा आर्थिक सुनिश्चितता कायम गर्न आवश्यक विषयमा विस्तृत छलफल भएकाे प्रमुख जिल्ला अधिकारी खड्काले बताउनु भयाे । बैठकले सार्वजनिक सेवामा अनियमितता रोक्ने, अनावश्यक खर्च कटौती गर्ने र आर्थिक शुचिता कायम गर्ने प्रतिबद्धता व्यक्त गरिएको जनाएकाे छ । सरकारी तथा सार्वजनिक साधन सामग्रीको व्यक्तिगत प्रयोगमा पूर्ण रोक लगाइने र उल्लङ्घन गर्ने अधिकारी वा कर्मचारीलाई कारबाही गर्ने व्यवस्था मिलाइने सकेत खड्काले बताउनु भयाे । हरेक कार्यालयले मासिक आम्दानी–खर्च विवरण तयार गरी समयमै वेबसाइट मार्फत सार्वजनिक गर्नु पर्ने जनाइएकाे छ । योजनाको कार्यान्वयनमा गुणस्तर, समयबद्धता र पारदर्शितालाई प्राथमिकता दिने समेत बताइएकाे छ । प्रत्येक निकायले तीन/तीन महिनामा सार्वजनिक प्रकटीकरण (Proactive Disclosure) गर्नुपर्ने समेत जनाइएकाे छ ।त्यस्तैगरि योजनाको गुणस्तरीय कार्यान्वयन, जनताप्रति उत्तरदायित्व र सेवाप्रवाहलाई अझ सहज, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले सामूहिक रूपमा प्रतिवद्धता जनाएका छन । बैठकमा भएका निर्णयहरू कार्यान्वयनमा ल्याउन प्रमुख जिल्ला अधिकारी खड्काले सबै सरोकारवाला निकायलाई आह्वान गर्दै सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि सहकार्य गर्न अनुरोध समेत गरेकाे छ ।

ताजा समाचार

Related Articles