राैतहट ३० भाद्र
जेन्जे आन्दोलनकाे आडमा राैतहटमा व्यापक राष्ट्रिय वन फडानी भएकाे पाइएकाे छ । राैतहटकाे उतर पहाडी फेदी अरुणबस्तिका स्थानियले साे क्षेत्रमा वन फडानी गरेर घेराबारका लागि पाेल समेत गाडेकाे पाइएकाे सिगाैलबाट स्थानिय सञ्चारकर्मी वसन्त लामाले तराइ पाेष्टलाई जानकारी दिनु भयाे । साेमबार पशु चाैपायाका लागि घाँस काट्न पुगेका सञ्चारकर्मी लामाले जेन्जेकाे आन्दोलनकाे माैका छाेपी राष्ट्रिय वन फडानी भएकाे बताउनु भयाे । अरुणबस्तिदेखि सिगाैल जाने बाटाे मुनि झाेलुङ्गे पुल आसपासमा व्यापक वन फडानी भएकाे बताउनु भयाे । यति बेला जेन्जे आन्दोलनले प्रशासन अस्तब्यस्त भएकाे अबस्थामा स्थानियले वन फडानी गर्नु आपतिजनक रहेकाे समाजसेवीहरुकाे भनाई रहेकाे छ । समयमा नै नागरिक समाज , स्थानिय सरकार र प्रशासनकाे समेत राेहवरमा साे वन फडानी राेक्नु पर्ने सामाजिक अभियनताहरुकाे भनाइ रहेकाे छ । तत्काल फडानी भएकाे स्थानमा वृक्षाराेपन गर्नु पर्ने देखिएकाे छ । डिभिजन वन कार्यालय रौतहटका सबै संरचनाहरू जलाइएका छन । अब यस्ता कार्यलाई कसले रोक्ने भन्ने चिन्ता स्थानियले गरेका छन । यस्ता कार्यकाे राेकथाम स्थानिय सामुदायिक वन , साझेदारी वन लगायतले राेक्नु पर्ने अबस्था आएकाे छ ।

