यस वर्ष घटस्थापना ९ बजेर १३ मिनेटमा, टीकाको उत्तम साइत १६ गते ११ बजेर ५३ मिनेटमा

काठमाडौँ, ३१ भदौं । बडादशैँको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ : ५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ। 

यसवर्षको विजया दशमीका दिन बिहान ९: २३ बजे देवी विसर्जनको साइत रहेको छ।

२०८२ सालमा असोज ६ गते घटस्थापना हो। बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ।

असोज ७ गते मंगलवार बिहान ९ : ५३ बजे झण्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिवार श्रीपचलीभैरव यात्रा छ।

असोज १३ गते सोमवार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७ः१७ बजे र स्थिरासन बिहान ९ः२३ बजे तोकिएको छ। १४ गते महाअष्टमी र १५ गते महानवमी रहेको छ।

यस्तै १६ गते टीका छ भनेर २० गते कोजाग्रत पूर्णिमा रहेको छ।

547761949_804484878798631_8739258217185631125_n

ताजा समाचार

Related Articles