राैतहट गाैर भन्सार नाका साेमबारबाट पुन सञ्चालन

राैतहट ३० भाद्र
राैतहटकाे गाैर भन्सार नाका पुन सञ्चालनमा आएकाे छ । जेन्जे आन्दोलनले अस्तब्यस्त भन्सार सञ्चालनमा आएपछि रौतहटको जनजीवनमा सकारात्मक परिवर्तन आएको छ । गाैर नाकाबाट भारत तथा नेपालतर्फ सार्वजनिक र निजी सवारी साधन निर्वाध रूपमा सञ्चालन हुन थालेका छन । जसकाे प्रत्यक्ष प्रभावको रूपमा दुवै देशका नागरिकहरूको व्यापार व्यवसाय बढ्दै गएकाे छ । सीमाक्षेत्रमा आर्थिक गतिविधि बढेको स्थानियले बताएका छन । जसका कारण स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउदै गएकाे उनीहरुकाे भनाई रहेकाे छ । गौर भन्सारको सञ्चालनले दुई देशबीचको व्यावसायिक सम्बन्धलाई पनि थप सुदृढ बनेकाे छ  ।

ताजा समाचार

Related Articles