राैतहटकाे जनजीवन सामान्य बन्दै , स्कुल , पसल र सवारी सञ्चालन

राैतहट २९ भाद्र
राैतहटकाे जनजीवन आइतबारबाट सामान्य बन्द‌ै गएकाे छ । जेनजी आन्दोलनले राैतहट लगायत मुलुक नै अस्थब्यस्थ  अबस्थामा रहेकाे थियाे । आईतबारबाट भने जनजीवन सामान्य बनेकाे छ । आइतबार बिहानदेखि भारी वर्षा भएसँगै चन्द्रनिगाहपुर , गौर, मध्यभाग गरुडा लगायत ग्रामीण भेगमा समेत जनजीवन सामान्य बन्दै गएको हो । सवारी साधन चल्न थालेका छन् भने पसलहरू खुलेका छन भने  बिद्यालयहरु पनि सञ्चालनमा आएका छन । राैतहटकाे अवस्था सामान्य भए पछि जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लाभरी लगाएको कर्फ्यु हटेको छ भने निषेधाज्ञा सिमिति ठाउँमा मात्रै  लगाइएको छ । निषेधाज्ञा तथा कर्फ्यु हटेसँगै गौर बैरगनिया सिमानाका सूचारु साथै छोटो दूरी तथा लामो दूरीका बस समेत सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारि बिनोद कुमार खडकाले बताउनु भयो । यस अघि सम्भावित हुलदंगा वा अप्रत्याशित गतिविधि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रौतहटले भदौ २७ गते शुक्रबारदेखि दिनको समयमा निषेधाज्ञा तथा रातिको समयमा कर्फ्यु जारी राखेको थियो ।

ताजा समाचार

Related Articles