राैतहट २८ भाद्र
समृद्ध गैडाटार निर्माण अभियानले आज गुम्बा घेराबारमा जुटेका छन । गैडाटारका एक युवा समुहले पछिल्लाे समय गैडाटारलाई समृद्ध बनाउन शून्य लागतका विभिन्न सामाजिक कामहरु श्रमदानबाट गर्दै आएका छन । निरन्तर अभियान अन्तर्गत शनिबार चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ३ गैडाटारमा अबस्थित तेम्पा दार्गेलिङ बाैद्व गुम्बा घेराबारमा जुटेका हुन । अगामी विजय दशमीकाे समयमा असाेज १३ गतेदेखि १६ गतेसम्म माैन युङ्नी व्रत कार्यक्रम साे गुम्बामा आयाेजना गरेकाले घेराबार गर्न श्रमदान गरेकाे अभियानका सदस्य विवई थिङले तराई पाेष्टलाई बताउनु भयाे । शनिबार र आइतबार २ दिन श्रमदान गरि गुम्बा घेराबार गरि सक्ने थिङले बताउनु भयाे । समृद्ध गैडाटार निर्माण अभियानले सडकका खाल्टाखुल्टी देखि सडक तथा विभिन्न संघसंस्था , वडा कार्यालय , चाैताराे लगायतका सार्वजनिक स्थलहरु सरसफाइ गर्दै आएका छन । अभियान मार्फत गैडाटारमा भएका बेतिथि , कुसस्कार , कुरिति र विकास निर्माणका कामहरुमा समेत आवाज उठाउदै आएका छन । आफ्नाे अभियानले निरन्तरता पाई रहने उनीहरुले बताएका छन ।




