गैडाटारका युवाहरुले गरे स्वास्थ्य चाैकी र प्रहरी पाेष्ट सरसफाई

राैतहट २१ भाद्र
समृद्ध गैडाटार निर्माण अभियानले आज आधारभुत स्वास्थ्य चाैकी गैडाटार र अस्थायी प्रहरी पाेष्ट गैडाटार क्षेत्र सरसफाई गरेकाे छ । विगत एक महिनादेखि गैडाटारमा भएका सार्वजनिक स्थलहरु सरसफाई गर्नुका साथै गाउमा भएका बेथिति , अराजक , कुरितिहरुकाे अन्त्य गरि स्वच्छ र सभ्य समाजकाे निर्माणमा गैडाटारका एक युवाहरुकाे समूहले अभियान नै सञ्चालन गर्दै आइरहेकाे छ । साेही कार्यक्रम अन्तरगत शनिबार स्वास्थ्य चाैकी र प्रहरी पाेष्ट सरसफाई गरेकाे अभियानका सचिवालय सदस्य बिवई थिङले तराई पाेष्टलाई बताउनु भयाे । युवाहरुकाे देश हाे युवाहरुले नै बनाउनु पर्ने भएकाले आफुहरु याे अभियानमा लागेकाे मानध्वज थिङकाे भनाई रहेकाे छ । गैडाटारमा भए गरेका विकास निर्माणका कार्यहरुदेखि चेतना अभिवृद्धि , सकरात्मक साेचकाे बिकास , बेतिथि , बिकृतिकाे सवालमा आवाज उठाउने एजेन्डा आफुहरुकाे रहेकाे समृद्ध गैडाटार अभियानले जनाएकाे छ ।

ताजा समाचार

Related Articles