२०८२ भदौ २१ गते शनिवार , ६ सेप्टेम्बर २०२५ । भाद्र शुक्लपक्ष चतुर्दशी तिथि। धनिष्ठा नक्षत्र ।
मेष –
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
लगनशीलताले विशेष उपलब्धि दिलाउन सक्छ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ । दिउँसोदेखि पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ । मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आँटले कीर्तिमानी दिलाउनेछ । परोपकारी काममा प्रवृत्त भइनेछ ।
वृष –
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
केही विवादास्पद काम गर्नुपरे पनि धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । परोपकारी कामले दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ । दिउँसोदेखि स्थिति सबल बन्नेछ । व्यवसायमा मनग्य फाइदा हुनेछ । कामका बाधा हट्नेछन् । विशेष योजना सार्वजनिक नगर्नुहोला । दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुने देखिन्छ ।
मिथुन –
का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थितिवश अरूका लागि समय खर्चनुपर्ला। व्यवहार अलि बिग्रन सक्छ । सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ । काममा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । दिउँसोदेखि काम देखाएर प्रभाव जमाउन सकिनेछ । अवसरवादीहरू पछि हट्नेछन् भने सहयोगीहरू फेला पर्नेछन् । समुदायको हितमा राम्रै काम गर्न पनि सकिनेछ ।
कर्कट –
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रियजनसँग रमाइलो भेट हुनेछ। विशेष काम गर्न बिहानको समय बढी लाभदायक रहनेछ । साथीभाइ जुट्नाले परिस्थति पनि अनुकूल हुनेछ । स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ । दिउँसोदेखि लोकाचारका लागि फजुल खर्च बढ्न सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । धेरै श्रम परे पनि प्रतिफल कमै प्राप्त हुनेछ । व्यवसायमा नोक्सानी बढ्नेछ ।
सिंह –
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ । तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । सजग रहनुहोला । बुद्धिको उपयोगले काम बनाउन सकिनेछ । मध्याह्नपछि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन् । मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले उत्साह जगाउनेछ ।
कन्या –
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रियजनसँग निकटता बढ्नेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । विशेष काम गरेर राम्रो उपलब्धि हातपार्न सकिनेछ ।
तुला –
र, रि, रु, रे, रो, ता, ति, तु, ते
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । टाढिएका आफन्त नजिकिनेछन् । मध्याह्नदेखि बुद्धिको उपयोगले फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । प्रतीक्षा गरिएको नतिजा पनि सबल रहनेछ । मिहिनेत गर्दा लक्ष्य प्राप्त हुनेछ ।
वृश्चिक –
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सहयोगीहरूले राम्रो साथ दिनाले बिहानको समय लाभदायक रहनेछ । उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ । अन्य काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन् । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। मध्याह्नदेखि भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ ।
धनु –
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
महत्त्वपूर्ण काम बिहानै गर्नु राम्रो हुनेछ । आँट गर्दा दिगो काममा हात हाल्न सकिनेछ। बोलीको प्रभाव बढ्नाले विशेष अवसर प्राप्त हुनेछ । मध्याह्नदेखि आफ्नै सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन् । आफ्नो प्रतिफलमाथि अरूले दाबी गर्नेछन् । हठले अप्ठ्यारो पार्न सक्छ । तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ ।
मकर –
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । हिम्मतले काम बनाउन सकिनेछ । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ । मध्याह्नदेखि नयाँ काम प्रारम्भ हुनेछ । बोलीको प्रभाव बढ्नाले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । आजको उपलब्धिले थप उत्साह जगाउनेछ ।
कुम्भ –
गु, गे, गो, सा, सि, सु, से, सो, द
खर्चिलो कामले अर्थ अभाव निम्त्याउन सक्छ । तापनि पछिका लागि काम गर्ने समय छ । समस्याले सक्रिय बन्न प्रेरित गर्नेछ । शुभचिन्तकहरू जुट्नाले आस मारेको फल पुनः प्राप्त हुन सक्छ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । तर नियमित काममा अरूको भरपर्दा समस्या आउला । आगन्तुकले अलमल्याउन सक्छन् ।
मीन –
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ । सोखले खर्च बढाउनेछ । प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ ।

