रौतहटको चन्द्रपुर बालश्रममुक्त पालिका घोषणा हुदै

रौतहट २० भाद्र
रौतहटको चन्द्रपुर नगरपालिका बालश्रम मुक्त पालिका घोषणा हुने भएको छ । चन्द्रपुर नगरपालिकाले आर्थिक बर्ष २०८२/८३ भित्र बालश्रममुक्त नगरपालिका घोषणा गर्ने निति अनुसार नगरपालिकाले अहिले यस क्षेत्रमा होटल तथा ग्यारेजहरुमा बाल श्रमिकहरुको खोजी कार्य शुरु गरिएको चन्द्रपुर नगरपालिकाका नगर उपप्रमुख जयमाला चौधरीले तराई पोष्टलाई बताउनु भयो । होटल तथा ग्यारेजहरूमा फेला परेको बालश्रमिकलाई घर पठाउने कार्य अगाडि बढाइएको चौधरीले बताउनु भयो । १८ वर्ष मुनिका बालबालिकालाई कानुन विपरित चन्द्रपुरका बिभिन्न होटल तथा ग्यारेजहरुमा काममा लगाइएकाले पहिलो प्राथमिकतामा होटल तथा ग्यारेजहरुबाट बालश्रमिक हटाउने अभियान थालिएको नगर स्तरिय बाल अधिकार समिति सदस्य तथा मनोसामाजिक परामर्शकर्ता सिर्जना तिमल्सिनाले तराइ पोष्टलाइए जानकारी दिनु भयो । चन्द्रपुर नगरपालिका ४ मा गठित वडास्तरीय बालअधिकार समिति, नगरस्तरीय बालअधिकार समिति तथा छोरी संस्थाको सहकार्यमा विभिन्न होटल तथा ग्यारेजहरुमा अनुगमन गर्दा १८ वर्ष मुनिका बालबालिकालाई पनि श्रममा लगाइएको तथा दैनिक १८ घण्टासम्म काम गराउने गरेको अवस्था रहेको मनोसामाजिक परामर्शकर्ता तिमल्सिनाले बताउनु भयो । बाल संरक्षणको क्षेत्रमा चन्द्रपुर नगरपालिकाको वडा नं. ४, ७, ९ र १० मा काम गर्दै आएको छोरी संस्थाले बालश्रमिकलाइ श्रम मुक्त गराएर बिद्यालयमा पठनपाठनमा सक्रिय पार्न ड्रेस, कापी, कलम समेत उपलब्ध गराउने गरेको चन्द्रपुर नगरपालिकाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख चन्द्रकला बरालले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles