आज – २० भाद्र २०८२ शुक्रवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चुनौतीहरुलाई पन्छ्याउँदै नयाँ कार्य सम्पादन गर्न सकिनेछ । नोकरी वा पेशामा प्रभाव बढ्नेछ । आत्मबलमा वृद्धि हुनेछ । नयाँ व्यापार प्रारम्भ गर्न सफल भइनेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा विवादास्पद समस्याले पछ्याउने छ । अध्यात्म तर्फ रुचि बढ्नेछ । स्वास्थ्यलाई लिएर मनमा चिन्ता रहनेछ । विरोधीहरू सक्रिय रहनेछन् सावधान रहनुहोस् । आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यस्थलमा आफ्नो जिम्मेवारी निभाउन असफल भइनेछ सतर्क भएर कार्य गर्नुहोस् । मधुर व्यवहारले रोकिएका कार्य बन्नेछन् । आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग रात‍ो हो भने शुभ अंक १ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा जीवनसाथीको सहयोग मिल्नेछ साथै नयाँ कार्यशैलीले मनग्य लाभ हुनेछ । आफ्नो स्वास्थ्य मा ध्यान दिनुहोस् । अज्ञात भयले मन ग्रसित रहनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सञ्चित धनमा वृद्धि हुनेछ । कार्यक्षेत्रलाई लिएर यात्रा गर्नुपर्ने सम्भावना रहेको छ । शेयर मार्केटमा लगानी लगाउनु भन्दा अघी अनुभवीजनहरूसँग सर सल्लाह अवश्य लिनुहोस । आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापार व्यवसायमा धोका मिल्न सक्ला । राजनीतिक क्षेत्रमा शत्रुहरूले खुट्टा तान्नेछन् । सामाजिक सञ्जालमा बोल्दाखेरि बुद्धिको उपयोग गर्नुहोला । विदेश तर्फबाट शुभ सुचना मिल्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) जागिर वा व्यापारमा सफलता मिल्नेछ । आफन्तहरूको साथमा स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । नयाँ कार्यको प्रस्ताव आउनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक स्थितिमा सुधारको प्रयास सफल रहनेछ । कार्यक्षेत्रमा उच्च अधिकारीबाट सम्मान पाइनेछ । यात्रा सुखमय र राम्रो रहनेछ । विद्यार्थीहरूको अध्ययनमा रुचि बढ्नेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा नयाँ निर्णयहरूबाट लाभ मिल्नेछ । पहिला लिएको ऋणबाट मुक्ति मिल्नेछ । आयको अनुरूप खर्च गर्नुहोस् । पुराना मित्रहरूसँग भेटघाट हुने सम्भावना रहेको छ । आजको शुभ रंग सेत‍ो हो भने शुभ अंक ८ रहेको छ । ‎
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा समयमा कार्य सम्पादन हुनेछ । व्यापारमा मनग्य लाभ मिल्नेछ । सोधेभन्दा बढी सल्लाह दिनबाट बच्नुहोस् । मित्रहरूको माध्यमबाट कार्य सम्पादन हुनेछन् । आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पहिला गरेको कार्यबाट शुभ सूचना मिल्नेछ । छरछिमेकी र घर परिवारसँग रमाइलो समय बित्नेछ । व्यापारमा थप लगानी लगाउने समय रहेको छ । समाजमा मानसम्मान बढ्नेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आर्थिक कारोबारमा अनुभवी व्यक्तिको साथ मिल्नेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । नोकरी वा पेशामा सहकर्मीहरूको साथ मिल्नेछ । दाजुभाईमा आत्मीयता बढ्नेछ । आजको शुभ रग निलो हो भने शुभ अंक ३ रहेको छ ।

ताजा समाचार

Related Articles