रौतहट १९ भाद्र
नेकपा एमाले चन्द्रपुरले नगरपालिकामा सुचनाको माग गरेको छ । विहिबार रौतहटको चन्द्रपुर नगरपालिकाको कार्यालयमा ६ बुदे सुचनाहरु उपलब्ध गराई दिन चन्द्रपुर नगरपालिकाको सुचना अधिकारी समक्ष नेकपा एमाले चन्द्रपुरले सुचना मागको पत्र बुझाएको नेकपा एमाले चन्द्रपुर नगर कमिटि अध्यक्ष शिव प्रसाद आचार्यले तराई पोष्टलाई जानकारी दिनु भयो । आर्थिक बर्ष २०७९/८० , ८०/८१ ,र ८१/८२ का सम्पुर्ण आम्दानी खर्च , नगरपालिकामा कार्यरत करार , ज्यालादारी तथा डोर हाजिरी कर्मचारीहरुको नाम , ठेगाना , , दर्जा , कार्यस्थल , पारिश्रामिक , शैक्षिक योग्यता र नियुक्ती मिति सहितको विवरण , आर्थिक बर्ष २०७९/८० , ८०/८१ ,र ८१/८२ मा नगरपालिकाले औषधी खरिद गर्नका लागी अपनाएका विधि प्रक्रिया र खरिद गरिएका औषधी तथा स्वास्थ्य सामग्रीहरुको नाम र खरिद मुल्य सहितको विवरण , आर्थिक बर्ष २०७९/८० , ८०/८१ र ८१/८२ मा भएको इनधन खर्चको विवरण तथा सवारी साधन एवम टिफर , एस्काभेटर लगायतका ढुवानी तथा सरसफाईका साधनहरुबाट प्राप्त आम्दानी विवरण , आर्थिक बर्ष २०७९/८० , ८०/८१ ,र ८१/८२ मा लगाएका ठेक्काबाट प्राप्त आम्दानी तथा बक्यौता रकमको विवरण , विद्यार्थीहरुलाई वितरण गरिएको शैक्षिक सामग्री , पोशाक , झोला , क्लव तथा संघसंस्थाहरुलाई वितरण गरिएका खेलकुद सामग्री , सडकमा जडान गरिएका टावरलाइट , सडक बति , सडक तथा कार्यालयहरुमा जडान गरिएका सिसिटिभि क्यामरा , फर्निचर , मेसीनरी , सवारी साधन , कम्प्युटर प्रिन्टर लगायतका सामग्रीहरुको खरिद प्रक्रिया र मुल्य विवरण लगायतका सुचनाहरुको माग गरेको नेकपा एमाले चन्द्रपुर नगर कमिटि सचिव राम बहादुर घलानले बताउनु भयो । माथी उल्लेखित बिषयका सुचनाहरुको आवश्यकता परेकाले सुचना सम्बन्धि ऐन २०६४ को दफा ३ अनुसार आफुहरुले सुचना माग गरेको नेकपा एमाले चन्द्रपुरले जनाएको छ ।

