रौतहट १८ भाद्र
गैडाटारका युवाहरुले खानेपानी उपभोक्ता समितिलाई ध्यानाकर्षण पत्र बुझाएका छन । गैडाटार खानेपानी आयोजना अर्न्तगत रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारमा पानी ट्याङ्की निर्माण समयावधिमा निर्माण गरिएको उपभोक्ता समितिले आजसम्म पनि साधारण सभा गर्न नसकेकाले तत्काल १५ दिनभित्र ठोस निर्णय गरि साधारण सभा राख्नु पर्ने मागसहित बुधबार ध्यानाकर्षण पत्र समितिका सदस्य लाल कुमारी बराललाई बुझाएको समृद्ध गैडाटार निर्माण अभियानका संयोजक उपेन्द्र गोलेले तराई पोष्टलाई जानकारी दिनु भयो । ध्यानाकर्षण पत्र बुझ्दै बरालले समिति चयन भएको लामो समय भएको भएतापनि आजसम्म पनि साधारण सभा राख्न नसकेको स्वीकार्दै गैडाटार खानेपानी उपभोक्ता समितिमा के के भएको छ आफुलाई केही थाहा नभएका बताउनु भएको छ । अब साधारण सभा कहिले हुन्छ , आयब्याय , लेखा परिक्षण जस्ता कुनै पनि बिषयमा आफुलाई कुनै जानकारी नभएको र कहिले हुन्छ , के गर्छ केही थाहा नभएको समितकिा सदस्य बरालले तरार्इ्र पोष्टलाई बताउनु भयो । गैडाटार खानेपानी उपभोक्ता समितिका अध्यक्ष हरि आचार्यले आफुले प्रत्येक बर्ष लेखा परिक्षण गरेको र यस बर्षको लेखा परिक्षण पनि गरि सकेकाले केही दिनमा साधारण सभा सम्पन्न गर्ने तयारीमा रहेको बताउनु भएको छ । हाल आफु बिरामी भएकाले उपचारका लागी काठमाडौ जाने उपचारपछि साधारण सभा गर्ने अध्यक्षले आचार्यले बताएको ध्यानाकर्षण पत्र बुझाउन पुगेका एक युवा दिपेन्द्र न्यौपानेले जानकारी दिनु भयो । खानेपानी ट्याङ्की निर्माण गर्ने समयमा निर्माण गरिएको समिति आज १५/१६ बर्ष हुदासम्म एक पटक पनि साधारण सभा राख्न नसकेकोले अब तत्काल १५ दिनभित्र ठोस निर्णय गरेर साधारण सभा राख्न दवाव स्वरुप आज ध्यानाकर्षण पत्र बुझाएको यदि १५ दिनभित्र साधारण सभाको अन्यौलतालाई बेवास्ता गरेको खण्डमा कडा आन्दोलनका कार्यक्रम गर्ने युवा विवइ थिङले चेतावनी दिनु भएको छ । तत्काल साधारण सभा नराखे संघर्णका कार्यक्रमहरु गर्ने समृद्ध गैडाटार निर्माण अभियानले जनाएको छ । ध्यानाकर्षण पत्र बुझाउन राज दाहाल , दिपेन्द्र न्यौपाने , मानध्वज थिङ , विवइ थिङ , अमर भण्डारी , नविन वाइबा , हिरा थोकर , उपेन्द्र गोले लगायतका युवाहरुको समुह गैडाटार खानेपानी कार्यालय पुगेका थिए ।


