बाराबाट गाँजासहित एक जना पक्राउ

बारा १८ भाद्र
बाराबाट बुधबार लागु औषध गाँजा र मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार अन्दाजी बिहान ७ः३० बजे बाराको जितपुर सिमरा उपमहा नगरपालिकाको वडा नम्बर १ पूर्वटोलमा चेकजाचको क्रममा भारतीय बिआर एम ७७१८ नम्बर प्लेटको मोटरसाइलको ट्याङ्की मुनि लुकाइछिपाई ल्याइएको ५ किलो गाजासहित चालक मुन्ना यादवलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका एसपि सन्तोष कुमार तामाङले तराई पोष्टलाई जानकारी दिनु भयो । ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको असई राजहरण यादवको टोलीले पथलैयाबाट जैतापुरतर्फ जाँदै गरेको मोटरसाइकललाई चेकजाँच गरेको थियो । सोही क्रममा गाँजा फेला परेको तामाङले बताउनु भयो । बर्ष २० का जितपुर सिमरा ११ खेस्रोल बस्ने मुना यादवलाई नियन्त्रणमा लिइएको एसपी तामाङले जानकारी दिनु भयो । बारा प्रहरीका अनुसार पक्राउ परेका युवकलाई आवश्यक कारबाही तथा थप अनुसन्धान भइरहेको जनाएको छ ।

ताजा समाचार

Related Articles