आज – १८ भाद्र २०८२ बुधवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन सामान्य रहेको । मातापिता र आफन्तहरुसँग मनोरञ्जनात्मक समय बित्नेछ । छोटो दूरीको व्यावसायिक यात्राको योग रहेको छ । धर्म कर्ममा मन लाग्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रेम सम्बन्ध सुमधुर रहनेछ । साथीभाइसँगको भेटघाटले मन उत्साहित हुनेछ । परिवारबाट शुभ खबर सुन्न पाइएला । व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा कडा मेहनत गर्नुपर्ने समय रहेको छ । सन्तानको प्रगति देखेर मन प्रसन्न रहला। दिनको उत्तरार्धमा शुभ खबर सुन्नाले मन हर्षित रहला । धार्मिक व्यक्तिहरूसँग भेटघाट हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आटेको कार्यसम्पादन गर्न सकिनेछ । आफूभन्दा साना भाइबहिनीहरुमा आत्मीयता बढ्नेछ । गृहणीहरूलाई गृहकार्यमा अलि धेरै समय दिनुपर्ला । आजको शुभ रंग हरियो भने शुभ अक ३ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) भाग्यले विभिन्न परिबन्ध जुटाउने छ । अतिथिको रूपमा सत्कार व मानसम्मान पाइएला । शेयर बजारको लगानीबाट राम्रो लाभ प्राप्त हुनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) घरमा शुभ कार्यको चर्चा हुनेछ । परिवारको साथ र सहयोगले नयाँ आश जाग्नेछ । छोटो दूरीको लाभदायक यात्रा गर्ने मौका मिल्ला। कार्यक्षेत्रमा पदोन्नतिका योग छन् । आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा चिन्ता बढ्नुका साथै टाउको दुख्ने समस्याले सताउन सक्छ । आफन्तहरूबाट सोचेजस्तो सहयोग नपाइएला । राजनीतिक क्षेत्रमा झुटो आरोप प्रत्यारोप लाग्ने सम्भावना रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अरुलाई ऋन दिनबाट बच्नुहोस् । समस्यालाई टाल्नुभन्दा सम्पादन गर्नमा विश्वास राख्नुहोला । प्रभावशाली व्यक्तिसँग भेटघाट हुनेछ । सरकारी कार्यहरू सजिलै सम्पादन गर्न सकिएला । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ४ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साझेदारी व्यापारमा कार्य गर्दा सतर्क रहनुहोला। खानपिनमा ध्यान दिनुहोस । परिवारमा कुनै कुरालाई लिएर असमझदारी बढ्न सक्छ । जग्गा जमीनमा गरेको लगानीबाट लाभ मिल्नेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) संचित धनमा वृद्धि हुनेछ। बोलिको माध्यमले कार्य सिध्द गर्न सकिनेछ । पारिवारिक सदस्यमा सामन्जस्यताको कमी आउन सक्छ । अवसरवादीहरूबाट सावधान रहनुहोस । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सहकर्मीहरूले कार्यक्षेत्रमा विरोध जताउन सक्छन् सावधान रहनुहोला । यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । मनमा स्फूर्ति र उमंगको कमी हुनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कला र साहित्यको क्षेत्रमा चासो बढ्नेछ । दिगो कामको जग बसाउने समय रहेको छ । व्यापार व्यवसायमा पिताको साथ पाइनेछ । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ ।

ताजा समाचार

Related Articles