रौतहट १६ भाद्र
चन्द्रनिगाहपुर र गैडाटार जोड्ने चादी पुल अलपत्र भएपछि समृद्ध गैडाटार निर्माण अभियानले सोमबार सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरमा ध्यानाकर्षण पत्र बुझाएका छन । आर्थिक बर्ष २०७२/७३ मा पहिलो पटक पप्पु कन्ट्रक्सनले ठेक्का सम्झौता गरि पुल निर्माणको कामको सुरुवात गरिएको थियो । समयमा पुल निर्माण कार्य सम्पन्न नगरि पटक पटक ठेक्का म्याद थप्दै आज १० बर्ष पुरा भइसकेको अबस्थामा पनि हाल पुलको अबस्था अलपत्र छाडेकाले तत्काल सो पुल निर्माणको कार्य सुचारु गर्नु पर्ने मागसहित सोमबार स्थानिय युवाहरुको समुहले सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अरुण कुमार लाल कर्णलाई ध्यानाकर्षण पत्र बुझाएका छन । अबको १५ दिनभित्र चादी पुलको निर्माण कार्य सञ्चालनमा आउनु पर्ने अन्यथा तालाबन्दि , धर्ना , घेराउ , अनसन लगायत सडक आन्दोलन समेत गर्ने चेतावनी दिएका छन । चादी पुल समयमा नबन्दा गैडाटारका नागरिकहरुले सास्ति खेप्दै आएका छन । अब पनि पुल निर्माणमा आलटाल गर्ने काम भएमा युवाशक्तिले कडा आन्दोलन गर्ने समेत समृद्ध गैडाटार निर्माण अभियानका एक सदस्य मानध्वज थिङले आक्रोस ब्यक्त गर्नु भयो । अब गैडाटारका युवाहरु एकजुट हुदै गएको र गैडाटारलाई हेपाहा दृष्टिकोणले हेर्ने सरकारी निकायहरुले प्रवृति अब नटिक्ने अभियानका सदस्य राज दाहालले तराई पोष्टलाई बताउनु भयो । गैडाटारका हरेक सार्वजनिक कार्यहरुको निगरानी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा युवाहरुको निगरानीमा रहेको शंकर न्यौपानेले बताउनु भयो ।


