राैतहट १६ भाद्र
राैतहटकाे जंगलसैयामा स्कारपियाे र माेटरसाइकल ठक्कर खादा एक गम्भीर घाइते भएका छन । बाराकाे निजगढबाट राैतहटकाे कटहरिया जाँदै गरेकाे स्कारपियाे दुधिअवाबाट लक्ष्मीपुर आइरहेकाे माेटरसाईकल गुजरा नगरपालिकाकाे वडा नम्बर ४ जंगलसैया चाेकमा एकआपसमा ठक्कर खाएकाे थियाे । साे ठक्करबाट गुजरा नगरपालिका–५ इस्लामपुरका बर्ष ६० का शेख जकाहुल गम्भीर घाइते भएकाे प्रहरीले जनाएकाे छ । आइतबार साझ कटहरिया नगरपालिका–८ बलुवा टोलका अमित कुमार मिश्राले चलाएको बा १६ च ४१६ नम्बरको स्कार्पियोले मोटसाईकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । गम्भीर घाइते जकाहुलको बिरगञ्जको बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी हरिनगर पोखरभिण्डाका असई सिताराम चौधरीले जानकारी दिनु भएकाे छ । प्रहरीले चालक मिश्रालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।


