आज – १६ भाद्र २०८२ सोमवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन् । प्रिजेन्टेशन र नयाँ मिटिंगको लागि समय उत्तम नहोला । यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वास्थ्यलाई लिएर सचेत रहनुहोला । पेटसम्बन्धी समस्याले सताउनेछ । शुभचिन्तकहरूको सल्लाहलाई वेवास्था नगर्नुहोस् । अरुको लागि श्रम र बुद्धि खर्च गर्नुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा हत्तारमा कुनै निर्णय नलिनुहोला। जग्गा जमिनबाट लाभ मिल्नेछ । मित्रको सहयोगले रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन । गोप्य सूचना बाहिरिनाले समस्या निम्ताउनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घर परिवारबाट सहयोग मिल्नेछ । आर्थिक लाभका योग छन् । व्यापारीहरूलाई व्यापारमा नयाँ चुनौतीहरू आउनेछन् । सरकारी क्षेत्रमा अधिकारी वर्गहरूको सहयोग मिल्नेछ । आजको शुभ रंग बैजनी ह‍ो भने शुभ अंक ३ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) निजी मामलाहरूमा भारी हस्तक्षेपले समस्या निम्त्याउनेछ । कार्यक्षेत्रमा कार्यको अतिरिक्तताले शरीरमा कमजोरीको अनुभूति हुनेछ । वित्तीय मामलाहरूमा सावधानी राख्नुहोस् । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लगनशीलताले आलोचकहरूको मुख बन्द गर्न सकिनेछ । प्रशासनिक र राजकीय मामलाहरूमा पक्ष मजबुत हुनेछ । समयमा कार्यसम्पादन हुनाले मन प्रशन्न रहनेछ । परिवारसँग मनोरञ्जनात्मक समय बित्नेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) जीवनसाथीबाट उपहार मिल्ने योग छ । साझेदारी व्यापारमा लाभ हुनेछ । भौतिक साधन जुटाउन सकिनेछ । स्वादिष्ट खानपानको आनन्द मिल्नेछ । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ । प्रेमीहरूले प्रेम जताउने समय रहेको छ । विद्यार्थीहरूका लागि घुमघामका योग छन् । नँया कार्यको थालनी हुनेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ कामले गर्दा दिनचर्यामाा बदलाव हुनेछ । साहस र उत्साहमा वृद्धि हुनेछ । नोकरीमा प्रभाव बढ्नेछ । समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन् । आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ कार्य प्रारम्भ गर्नमा सफलता मिल्नेछ । सामाजिक जीवनमा मानसम्मान बढ्नेछ । आयस्रोत बढ्नेछ । व्यक्तित्वमा निखार आउनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आकस्मिक लाभका योग छन् । परिवारमा दाजुभाईमा आत्मीयता बढ्नेछ । युवा वर्गहरूलाई साहसिक कार्यमा रुचि बढ्नेछ । नयाँ अनुबन्धहरू व्यापार विस्तारमा सहायक हुनेछन् । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा आइरहेको समस्याको समाधान हुनेछ । प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ । प्रशासनिक वा राजकीय मामलाहरूमा पक्ष सबल हुनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ ।

ताजा समाचार

Related Articles