रौतहट १५ भाद्र
रौतहटमा शनिबार इनारमा डुबेर एक बालकको मृत्यु भएको छ । रौतहटको गुजरा नगरपालिकाको वडा नम्बर ८ सिमरा भवानीपुर आफ्नै निवासबाट हराएका बर्ष ३ का बालक आर्यन रामको आज आइतबार ईनारमा मृत अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । शनिबार घरबाटै हराएका आर्यन घरदेखि ७०० मिटर पश्चिममा रहेको इनारमा डुबेरको अबस्थामा आइतबार शव फेला परेको प्रहरीले जनाएको छ । बालकको शव पोष्टम्याटम चन्द्रनिगाहपुर अस्पतालमा गरिएको प्रहरीले बताएको छ । बालकको मृत्यु बारे प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

