रौतहट १५ भाद्र
रौतहटमा मोबाइल चोरी गरेको आरोपमा कुटपिट गर्दा एक ब्यक्तिको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । रौतहटको कटहरिया नगरपालिकाको वडा नम्बर ४ बहादुरपुरमा एक समुहले मोबाइल चोरी गरेको आरोपमा सोही स्थानमा बर्ष २८ का दलित युवा नसिब बैठालाई कुटपिट गरेका थिए । गत श्रावण १६ गते बेलुका मृतक बैठाको गाउमा रहेका एक पसलमा पुगेर बैठालाई स्थानिय संजय यादव, विजय यादव,गर्भु गोसाइँ,शम्भु गोसाइँ,प्रभु गोसाइँ र लक्ष्मी गोसाइँको समुहले कुटपिट गरेको बैठाका दाजुले तराई पोष्टलाई जानकारी दिनु भयो । सो समुहले जबरजस्ति मोवाइल चोरी गरेको स्वीकार गर्न लगाएको तर बैठाले मोबाइल चोरी नगरेको बताएका थिए । उक्त समुहले पुन श्रावण १७ गते संजय यादव र विजय यादवको समुहले बैठाको घरमा नै गई समातेर आखामा पट्टी बाधेर गाउ भन्दा ३०० मिटर टाढा आपको रुखमा रसिले उल्टो बाधेर साइकलको चैन , बेल्ट तथा हात मुक्काले मरासन्न हुने गरि कुटपिट गरेर अन्तिम अबस्थामा उनीहरुले प्रहरीलाई जिम्मा लगाएका थिए । इलाका प्रहरी कार्यालय कटहरियाले सम्बन्धित ब्यक्तिहरुको सहभागीतामा छलफल गर्दा निज बैठा निर्दोश सावित भएपछि प्रहरीले बैठालाई छाडेका थिए । निर्घात कुटपिटपछि बैठा हिडडुल गर्न समेत नसक्ने भएकाले उपचारका लागी विरगञ्ज स्थित स्पोर्ट अस्पतालमा भर्ना गरेका थिए । उपचारको क्रममा २० दिनपछि बैठाको मृत्यु भएको थियो । बैठाको मृत्युपछि बैठाको परिवारले दोषीमाथी कारवाही र क्षतिपुर्तिको मागसहित शवको दाहसंस्कार नगरेको तर स्थानिय भद्रभलादमीहरुको दवावपछि दाहसंस्कार गरेको पिडित परिवारले बताएका छन । सो घटनाको छानविन गरि दोषीलाई कारवाही गर्न प्रहरीलाई उजुरी गरेपछि प्रहरीले सो घटनाको उजुरी दर्ता गर्न अस्विकार गरेको बैडाका परिवारले बताएका छन ।

