मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलिको विपरीत अर्थ लाग्न सक्छ सावधान रहनुहोस् । आयस्रोत बढाउनको लागि नयाँ सम्झौता गर्नुपर्ला। शारीरिक कमजोरीको अनुभवले कार्यक्षेत्र बाधित हुनेछ । आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ९ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक दायित्व निर्वाहमा बाधा आउनेछ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । शत्रुहरू सक्रिय रहनेछन् । सवारी साधन चलाउँदा सावधान रहनुहोला । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापार व्यवसायमा नयाँ प्रयोगबाट सफलता प्राप्त गर्न सक्नुहुनेछ । प्रशानिक सहायताले अड्केको कार्य बन्नेछ । यात्रा गर्दा अपरिचित व्यक्तिको छिट्टै विश्वास नगर्नुहोला । आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिवारकी इच्छा आकांक्षाको पूर्तिको लागि धन खर्च हुनेछ । नयाँ योजनाहरू गुप्त राख्नुहोस्। साझेदारी व्पारमा लाभ रहनेछ । राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वैदेशिक रोजगारमा लाभ मिल्नेछ । स्वास्थ्यलाई लिएर सावधान रहनुहोला । अवसर प्राप्त भएतापनि उपलब्धि प्राप्त गर्नको लागि समय लाग्नेछ । नैतिक मूल्यलाई प्राथमिकता दिनुहोस् । आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कार्यको थालनी गर्ने योजना सफल हुनेछ । समाजमा पदप्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ । प्रशासनिक कार्यमा सफलता मिल्नेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साझेदारी व्यापारमा लाभ मिल्नेछ । दाम्पत्य जीवनमा जीवनसाथीको कुरालाई वेवस्था नगर्नुहोस्। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परीक्षाको परिणाम अनुकूल आउनेछ । कानुनी मामलाहरूमा पक्ष सबल रहनेछ । कार्यस्थलमा विवादास्पद मामिलाहरूबाट बच्नुहोस । स्वास्थ्यले साथ दिनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सहकर्मीहरूसँग विवादको समस्या सुल्झिनेछ । सकारात्मक भएर निर्णय लिनुहोला सफलता मिल्नेछ । सुनियोजित ढंगले कार्य गर्नको लागि कार्यमा आफ्नो ध्यान केन्द्रित राख्नुहोस । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ४ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समयमा प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ । योग्यताको उचित मूल्यांकन मिल्नेछ । परिवारमा अनुभवी व्यक्तिको कुरालाई वेवास्था नगर्नुहोस्। तकनीकि मशीनबाट लाभ उठाउन सक्नुहुनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) समय वा परिस्थिति अनुसार कार्य र योजनामा फेरबदल गर्नुपर्ला । रोजगारीका नयाँ अवसर मिल्नेछन । धैर्य राखेर कार्य गर्नुहोस् सफलता मिल्नेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा परोपकारको भावना जागृत हुनेछ । कार्यक्षेत्रमा रोकिएको काम अगाडी बढ्नेछ साथै जिम्मेवारी बढ्नेछ । व्यापारमा प्रशस्त फाइदा उठाउन सकिएला । अनुभवी व्यक्तिसँगको भेटघाटले काममा उत्साह जाग्नेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ ।

