शनिबार गैडाटारका युवाहरुले गरे वडा कार्यालय क्षेत्रको सरसफाइ

रौतहट १४ भाद्र
गैडाटारका युवाहरुले शनिबार सरसफाई गरेका छन । समृद्ध गैडाटार निर्माण अभियान अर्न्तगत शनिबार चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ वडा कार्यालयसहित सो क्षेत्रमा पर्ने विभिन्न संघ संस्थाहरु जय चौतारी दुग्द्य उत्पादक सहकारी संस्था , बहुउद्येश्यीय महिला जनजागरण सहकारी संस्था , आदर्श सामुदायिक वन उपभोक्ता समुह भवन , जनहित सामुदायिक आधारभुत विद्यालय र एक नम्बर धारा चौतारो क्षेत्र परिसरहरुमा भएका झाडीहरु सफाइ र सडकका खाल्टाखुल्टीहरुमा ग्रावेल समेत हालेका छन । सरकारी बजेटले मात्रै विकास गर्न सकिन्छ भन्ने प्रवृतिको अन्त्य गर्न गैडाटारका युवाहरुले समृद्ध गैडाटार निर्माण अभियान सञ्चालनमा ल्याएको अभियानका एक सदस्य विवइ थिङले तराई पोष्टलाई बताउनु भयो । शनिबार चौतारा पुर्व पदम बहादुर बज्युको घरसम्म , उत्तर वडा कार्यालय र सहकारी क्षेत्र , पश्चिम दुग्घ उत्पादक सहकारी क्षेत्र र दक्षिण घनश्याम खनालको घरसम्मका झाडी र सडकमा भएका खाल्टाहरुमा ग्रावेल गरेको अभियानका सदस्य मानध्वज थिङले बताउनु भयो ।

स्थानिय सरकारले आम नागरिकको मागलाई भन्दा पनि आफ्‌नै आसेपासेका आवश्यकतालाई मात्रै परिपुर्ति गर्दै आएकाले आफुहरुले शुन्य लागतमा मेरो गाउ , मेरो गौरव भन्ने नाराका साथ आफनो गाउलाई समृद्ध बनाउने अभियानको शुरुवात गर्नु परेको अभियानका संयोजक उपेन्द्र गोलेले बताउनु भयो । गैडाटार मात्रै होइन अब मुलुक परिवर्तनका लागी शिक्षित युवा वर्गहरु अगाडी आउनु पर्ने बेला आएको गोलेको भनाई रहेको छ । आफुहरुले देश विदेशका युवाहरुको सल्लाह सुझावसहित स्पष्ट भिजन र योजना बनाएर गैडाटारलाई समृद्ध बनाउने अभियान सञ्चालन गरेको बताउनु हुदै सबै युवाहरुलाई यो अभियानमा जोडिन अपिल गरेको दिपेन्द्र न्यापानेले बताउनु भयो । गैडाटारको हरेक क्षेत्रको निगरानी युवाहरुले गरिरहने अमर भण्डारीले बताउनु भयो ।

ताजा समाचार

Related Articles