मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सेवामूलक कामबाट लाभ प्राप्त हुनेछ । ठेकापट्टा सम्बन्धी कार्यमा विशेष स्थान प्राप्त होला। जीवनसाथीसँग पुराना कुरालाई लिएर विवादको स्थिति उत्पन्न हुन सक्छ । आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रेम सम्बन्ध सुमधुर रहनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ । मनोबल बढ्नाले नयाँ कार्यतर्फ अग्रसर भइनेछ । विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आशावादी भएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ । चिताएका कार्य पूरा हुनेछन्। प्रतिस्पर्धीहरूलाई पछाडि पार्न सक्नुहुनेछ । प्रभावशाली व्यक्तिसँग भेटघाटले मन प्रसन्न रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने अवसर मिल्नेछ । प्राविधिक कार्यबाट सफलता मिल्ला । चिताएका कार्य समयमा सम्पादन गर्न सकिनेछ । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) घर परिवारमा रमाइलो समय बित्नेछ । आफूभन्दा ठूलाको साथ मिल्नेछ । सामाजिक सञ्जाल वा चलचित्रको क्षेत्रमा विशेष सफलता मिल्ला । आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) गरिएको कामको उचित प्रतिफल पाइनेछ । चुनौती पन्छाएर नयाँ कार्यको जग बसाउने समय रहेको छ । पहिलाका उपलब्धिले थप उत्साह दिलाउनेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । वित्तीय र सहकारी संस्थाबाट लाभ मिल्ला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला । सापटी दिनबाट बच्नुहोस् । आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार व्यवसायमा बुद्धि र विवेकको उपयोगले अगाडि बढ्न सफल भइनेछ । युवा वर्गहरूलाई करियर बनाउन नयाँ अवसर प्राप्त हुनेछ । मनमा असन्तोषको भावना जागृत हुन सक्छ सावधान रहनुहोस् । आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यक्तित्वमा निखार ल्याउने समय रहेको छ। स्वास्थ्यले साथ दिनेछ । सञ्चित धनमा वृद्धि हुनेछ । रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन् । आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आध्यात्मिक ज्ञानमा रुचि बढ्नेछ । अवसरवादीहरूले झुक्याउन सक्लान् । स्वास्थ्यमा ध्यान दिनुहोस्। नयाँ लगानी लगाउन उपयुक्त समयको प्रतिक्षा गर्नुहोस् । आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा उन्नतिका योग छन् । आर्थिक कारोबारमा राम्रो लाभ आर्जन गर्न सकिनेछ । कर्मयोगको विचारधारा मानसम्मान दिलाउन सहायक हुनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घरको कार्यमा धन खर्च गर्नुपर्ला । व्यापारमा हिसाब किताब गर्दा सावधान रहनुहोस् । ज्ञानलाई निखार्ने समय रहेको छ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ३ रहेको छ ।

