आज – १३ भाद्र २०८२ शुक्रवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मविश्वासमा वृद्धि हुनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । साझेदारी व्यापारमा लाभ रहनेछ । नेतृत्व गर्ने क्षमतामा वृद्धि हुनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ योजना तर्फ अग्रसर भइनेछ । कानुन सम्बन्धी विभागमा अधिकारीहरूको साथ र सहयोग मिल्नेछ। कलाको क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सन्तानबाट सहयोग मिल्नेछ । आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धैर्य र पराक्रमले आँटेका कार्य सम्पादन हुनेछन् । अध्ययनमा राम्रो उपलब्धि हात लाग्नेछ । गरिएको कामको उचित प्रतिफल पाइनेछ । यात्राको रूपरेखा बन्नेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महत्त्वकांक्षी योजनाहरू पूरा हुनेछन् । समाजमा मान प्रतिष्ठा बढ्नेछ । तारिफ योग्य कामले सबैतिरबाट प्रशंसा पाइएला । कार्यक्षेत्रमा कामले गति लिनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लगनशीलताले नयाँ कार्यतर्फ अग्रसर भइनेछ । शेयर बजारबाट लाभ प्राप्त हुनेछ । आफूभन्दा ठूलाको साथ र सहयोग मिल्नेछ । पुरानो सोच त्यागेर नयाँ सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) देशतिरबाट शुभ सूचना प्राप्त हुनेछ । पायक स्थानमा भ्रमणका योग छन । भाग्यको साथ मिल्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) एकाग्रता र जोशले भरपुर रहनुहुनेछ । प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । राज्यपक्ष वा प्रशासनिक क्षेत्रबाट सफलता मिल्नेछ । आजको शुभ सेतो हो भने शुभ अंक ८ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) संवेदनशील मुद्दाहरूमा आफ्नो कुरा राख्न नअत्तालिनुहोस । सानो प्रयासले ठूलो कार्य सम्पादन गर्न सकिनेछ । पारिवारिक सद्भाव बढ्नेछ । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अरुको व्यवहारले मनमा शंका उत्पन्न हुनेछ । नयाँ योजनामा लगानि लगाउनु भन्दा अघि जानकारको सल्लाह लिनुहोस् । रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन् । आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) योजनाहरू गुप्त राख्ने प्रयास गर्नुहोस् । पारिवारिक जिम्मेवारी बढ्नेछ । भौतिक संसाधनमा धन खर्चका योग छन् । सरकारी वा प्रशासनिक क्षेत्रको कार्यमा बाधा आउनेछ । आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक १ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शिक्षा वा करियरमा उन्नति मिल्नेछ । नयाँ मित्रको सम्पर्कले आफ्नो काम बनाउन सक्नुहुनेछ । पुराना चलिरहेका कार्य पूरा हुनेछन् । व्यापार व्यवसायमा पिताको साथ मिल्नेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सकेसम्म अरूलाई सल्लाह दिनबाट बच्नुहोस् । आर्थिक पक्ष सामान्य रहनेछ । समयमा परिवारको साथ नमिल्नाले कार्यक्षेत्रमा पछाडि परिनेछ । साइनो गास्नेहरूबाट सावधान रहनुहोला । आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ ।

ताजा समाचार

Related Articles