रौतहट १२ भाद्र
काठमाडौमा रौतहटका विद्यार्थीहरु सम्मान हुने भएका छन । रौतहटमा घर भई काठमाडौमा अध्ययन गर्न बसेका शैक्षिक सत्र २०८१ मा रौतहटबाट एसईइ पास भएका सम्पुर्ण विद्यार्थीहरुलाई नेकपा एमाले रौतहट काठमाडौ सम्पर्क मञ्चले सम्मानको कार्यक्रम राखेको नेकपा एमाले रौतहट काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष नविन तुम्सिङले तराई पोष्टलाई जानकारी दिनु भयो । रौतहटबाट शैक्षिक सत्र २०८१ म एसइई पास हुनु भएका सम्पुर्ण विद्यार्थीहरु सो कार्यक्रममा सहभागी हुनु मञ्चले अपिल गरेको कोषाध्यक्ष श्याम चौहानले बताउनु भयो । सो कार्यक्रमका दिन चन्द्रपुर नगरपालिका सम्पर्क मञ्च समेत गठन गरिने चौहानले बताउनु भएको छ । त्यसका साथै रौतहटबाट नेकपा एमालेको भातृ संगठन अनेरास्वयुमा निर्वाचित सदस्यहरुलाई पनि सम्मान गरिने उहाले बताउनु भयो । रौतहट काठमाडौ सम्पर्क मञ्चको आयोजनामा हुने सो कार्यक्रम २०८२ भाद्र १४ गते शनिबार बिहान ११ बजे भुपु सैनिक संगठन भवन च्यासल ललितपुरमा हुने आयोजकले तराई पोष्टलाई जानकारी दिनु भयो ।

