आज – १० भाद्र २०८२ मंगलवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समयमा सहयोग नमिल्नाले कार्य समयमा सम्पादन नहोला। विद्यार्थीहरूलाई अध्ययनमा लगनशीलताको आवश्यकता रहेको छ । छर छिमेकीहरूसँग राम्रो सम्बन्ध स्थापित गर्न सकिनेछ । आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घरमा अतिथिको आगमनले मन प्रसन्न रहनेछ । बुजुर्गहरूको स्वास्थ्यमा ध्यान दिनुहोस्।। सोचविचार गरेर निर्णय लिनुहोला। दिन लाभदायी रहनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घर परिवारमा चलिरहेको मनमुटाव सुल्झिनेछ । सहकर्मीहरूले हजुरको उन्नति देखेर ईर्ष्या राख्नेछन् । लेखन वा साहित्य कलामा सफलता मिल्नेछ । आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ३ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) इष्टमित्रको सहयोगले आर्थिक समस्या सुल्झिनेछ । कार्यस्थलमा धेर्य बनाएर राख्नुहोस् सफलता मिल्नेछ । अध्यात्मिक वा सांस्कृतिक चर्चा परिचर्चामा भाग लिएर मनमा आत्म शान्ति रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापार व्यवसायमा नयाँ अनुबन्ध मिल्नेछ । प्रेम सम्बन्धमा वाहिरी व्यक्तिको हस्तक्षेपले मन खिन्न रहला। अध्ययनमा अनुभवी व्यक्तिको साथले लाभ मिल्नेछ । आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ६ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफन्तहरूको भावनाको सम्मान गर्नुहोस् । कार्यक्षेत्रमा मन अनुरूप काम नमिल्नाले निराशा हात लाग्नेछ । स्वास्थ्यमा लापरवाह हुनाले समस्या निम्त्याउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक सम्पर्क बढ्नेछ। प्रेम सम्बन्धमा पारिवारको सहमति मिल्नेछ । कार्यक्षेत्रमा योजनाहरू गुप्त राख्नुहोस् नभए हानि नोक्सानी हुनेछ । खर्च बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) निजी कार्यमा अरूको हस्तक्षेपले मन विचलित हुनेछ । धार्मिक यात्राको कार्यक्रम बन्नेछ। आयस्रोत बढ्नेछ । घरपरिवारमा आफूभन्दा साना भाइबहिनीहरूबाट सहयोग पाइएला । आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा अनावश्यक भागदौड रहनेछ । लेनदेनको मामलामा पारदर्शिता राख्नुहोस् । उद्योग व्यापारमा लाभ रहनेछ । राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) फजुल खर्चबाट बच्नुहोस्। योग्यताको उचित मूल्यांकन हुनेछ । कला वा चलचित्रबाट जोडिएका व्यक्तिहरूलाई सम्मान मिल्नेछ । घरायसी कारणले यात्रा स्थगित गर्नुपर्ला । आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पुरानो रोगबाट मुक्ति मिल्नेछ। प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ । राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ । शारीरिक बल भन्दा बुद्धिको बलले कार्य गर्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अरुको कुरा सुनेर व्यापार व्यवसायमा नयाँ निर्णय लिनुभएन । नँया योजनाहरूको लागि वित्तीय सहायता मिल्नेछ । संपर्कक्षेत्र बढ्नेछ । व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ ।

ताजा समाचार

Related Articles