गैडाटारबाट एक बेवारिसे ब्यक्तिको उद्धार

रौतहट ९ भाद्र
गैडाटारमा बेवारिसे अबस्थामा फेला परेको एक ब्यक्तिको सोमबार उद्धार गरिएको छ । स्थानिय समृद्ध गैडाटार निर्माण अभियानका एक सदस्य समेत रहनु भएका युवा दिपेन्द्र न्यौपानेको बिशेष अगुवाइमा समृद्ध गैडाटार निर्माण अभियानको रोहबरमा सो ब्यक्तिको उद्धार गरिएको हो । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारमा छट्टु कुमार नाम बताउने अन्दाजी बर्ष २२ का ति बेवारिसे ब्यक्तिलाई अभियानका युवाहरुले उद्धार गरि मानव सेवा आश्रम शाखा चन्द्रपुर ७ बनबहुअरीमा बुझाएका छन । छट्टु कुमार नाम बताउने सो ब्यक्तिले आफ्‌नो घर भारतको मोतिहारी बताएको समृद्ध गैडाटार निर्माण अभियानका सदस्य विवइ थिङले बताउनु भयो । छट्टुको मानसिक अबस्था बिग्रीएको र राम्रो हेरचाह गर्न सके ठिक हुने अर्का युवा बिजय सिंतानको दावी गर्नु भयो ।

बेवारिसे अबस्थामा गैडाटारको एक नम्बर धारा आसपासमा घुमिरहेको अबस्थामा समृद्ध गैडाटार निर्माण अभियानका युवाहरुले भेटेपछि उद्धार गरेको अमर भण्डारीले तराई पोष्टलाई जानकारी दिनु भयो । बेवारिसे अबस्थामा भेटेका सो ब्यक्तिलाई चन्द्रपुर ३ गैडाटारको वडा कार्यालयको सिफारिस बनाएर मानव सेवा आश्रम शाखा चन्द्रपुर ७ बनबहुअरीमा बुझाएका छन ।  पछिल्लो समय गैडाटारका एक युवा समुह सामाजिक कार्यहरुमा अग्रसर भएका छन । अब हरेका गाउ टोल , नगर , प्रदेश र संघिय सबै स्थानका युवा शक्तिहरु एकजुट भएर मुलुक परिवर्तनमा लाग्नु पर्ने दिन आएको उनीहरुको भनाई रहेको छ ।

ताजा समाचार

Related Articles