रौतहट ८ भाद्र
रौतहटमा सुटकेस भित्र एक महिलाको शव फेला परेको छ । रौतहटको गौर–गंगापिपरा सडक खण्ड अन्तर्गत मुडवलवा गेट नजिकबाट शनिबार राति प्रहरीले शंकास्पद ठोरीले कस्सिएको सुटकेस फुला पारेको थियो । प्रहरीलाई शंका लागेर सुटकेस खोलेर चेकजाच गर्दा सो सुटकेस भित्र मृत अबस्थामा रहेको एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले तराई पोष्टलाई जानकारी दिनु भयो । सडक किनारमा भेटिएको सुटकेस डोरीले कस्सिएको अवस्थामा रहेको र सो सुटकेसभित्र एक महिलाको शव फेला प्रहरीले जनाएको छ । सो शव अन्दाजी ३० वर्षीय महिलाको रहेको र टाउकोमा चोट लागेको, रगत निस्किएको, घाटीमा निसान भेटिएको कार्कीले बताउनु भयो । मृतक महिलाको पहिचान हुन सकेको छैन । सुटकेस भित्रबाट महिलाको शव फेला परेपछि घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता कार्कीले बताउनु भयो । प्रहरीको फितलो शान्ति सुरक्षाका कारण पछिल्लो दिनमा रौतहटमा हत्या हिँसा, चोरीको घटनामा वृद्धि भएको स्थानियले आरोप लगाएका छन ।

