रौतहट फुलबारीमा बिष खादा ४ ओटा गाईको मृत्यु

रौतहट ४ भाद्र
रौतहटमा बिष खादा ४ ओटा गाइको मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर २ फुलबारीका गाइपालक किसान यादव खरेलको घर गोठमा अन्जान ब्यक्तिले कुडोमा बिष हालिदिदा गाइको ज्यान गएको खरेलले तराई पोष्टलाई जानकारी दिनु भयो । मंगलबार राती वा दिउसो आफ्‌नो घरको गाईको कुडोमा कसैले बिष हालि दिएको सोही कुडो गाइले खादा आफ्‌नो गाइहरु मरेको यादवले बताएका छन । किन र कसले गाईको कुडोमा बिष हाल्यो आफुलाई केही थाहा नभएको तर गाईहरु बिष खाएर मरेको उहाको दावी रहेको छ । बाकी ३ ओटा गाइका बाछाबाछीहरु पनि बिरामी रहेको खरेलले तराई पोष्टलाई जानकारी दिनु भयो ।

ताजा समाचार

Related Articles