समृद्ध गैडाटार निर्माण अभियानलाई निरन्तरता दिदै स्थानिय युवाहरु

रौतहट ४ भाद्र
गैडाटारका एक समुहले समृद्ध गैडाटार अभियानलाई निरन्तरता दिदै आएको छ । सरकारी बजेटबाट मात्रै होइन श्रमदानले पनि शुन्य लागतमा मुलुक समृद्ध बनाउन सकिन्छ भन्ने उदाहरणका रुपमा गैडाटारका युवाहरुले आफ्‌नो अभियान सञ्चालन गरेको अभियानका अगुवा गरिरहनु भएका युवा उपेन्द्र गोले तामाङले तराई पोष्टलाई बताउनु भएको छ । सोही अभियान अर्न्तगत आगामी २०८२ भाद्र ७ गते शनिबार गैडाटारको पुरानो टोलस्थित पुच्छर नमुना डाडा क्षेत्रका झाडी र सडक सरसफाई कार्यक्रम तय भएको अमर भण्डारीले बताउनु भयो । गैडाटार समृद्ध बनाउन कुनै समस्या नभएको तर आम गैडाटारवासीको साथ र सहयोग पाए गर्न सकिने उनीहरुले दावी रहेको छ । शुन्य लागतका कामहरु सडक , चौतारा , बाटोघाटो , मन्दिर लगायतका क्षेत्रमा सरसफाई गर्ने , बिग्रीएका सडकहरुलाई मर्मत सम्भार गर्ने र निशुल्क स्वास्थ्य शिविर , अशक्त , अपाङग , सुत्केरी महिलाहरुलाई निशुल्क यातायातको ब्यवस्था गर्नुका साथै गैडाटारमा भएका विकास निर्माणका कार्यहरुको अनुगमन , खबरदारी गर्ने लगायत अन्य विभिन्न योजनाका साथ अभियान सञ्चालन गरेको उनीहरुले बताउदै आएका छन ।

ताजा समाचार

Related Articles