रौतहटमा बिद्युत सर्ट हुदा आगलागी , ६ चौपाया जलेर नष्ट

रौतहट ४ भाद्र
रौतहटमा आगलागी हुदा ६ ओटा चौपाया जलेर नष्ट भएको छ । रौतहटको राजदेवी नगरपासलकाको वडा नम्बर ४ गरहिया टोलका राजकली देबीले बाँस र खरले बनाएको गोठ घरमा बिधुतको तार शर्ट भई बुधबार बिहानै आगलागी भएको थियो । सो आगोलागीबाट गोठ घर र गोठ घरभित्र रहेको भैंसी–१ , खसी–२ र बाख्रा–३ ओटा पुर्ण रुपमा जलेर नष्ट भएको राजकलीले तराई पोष्टलाई बताउनु भयो । पशुसहित सो आगलगीबाट अन्दाजी एक लाख असी हजारबराबरको क्षति भएको प्र.चौ.ब्रहमपुरी बसतपुरको प्र.स.नि.कृष्ण मोहन सिंहले बताएका छन । आगलगी प्रहरी तथा स्थानियको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

ताजा समाचार

Related Articles