रौतहटको नेपाल गेष्ट हाउसमा मिलका मेनेजर मृत अबस्थामा फेला

रौतहट ४ भाद्र
रौतहटको एक गेष्ट हाउसमा मिलका मेनेजर मृत अबस्थामा फेला परेको छ । रौतहटको गौर नगरपालिकाको वडा नम्बर ५ मा रहेको नेपाल लजको कोठा नम्बर २०२ मा पाहुनामो रुपमा बसेका सप्तरीको खडक नगरपालिकाको वडा नम्बर ७ घर भएका बर्ष ५८ का उपेन्द्र भगत यादव सोमबार मृत अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । भगत राजविराज ८ स्थित श्याम बाबा राइस एण्ड आयल मिल प्रा.लि.का मेनेजर पदमा कार्यरत यादव चिया खाएर आउँछु भनि कम्पनीबाट गत असार २५ मा निस्किनु भएको प्रहरीले जनाएको छ । यादव बेपता भएपछि परिवारजनले गत असार २६ मा भगतको हुलिया विवरणसहित प्रहरीमा खोजीका लागि निवेदन दिएका थिए । पाँच हप्तादेखि बेपत्ता रहँदै आएका भगत गत साउन २९ गते नेपाल लजमा पाहुनाको रुपमा बस्न थालेको लजका सञ्चालकले बताएको छ । यादवको शवमा बाहिरी चोटपटक केही नदेखिएकाले मृत्यु शङ्कास्पद रहेको भगतका भतिजा किरण कुमार भगतले जानकारी दिनु भयो । घटनाबारे निष्पक्ष अनुसन्धान गर्न माग गर्नुहुँदै मृतकको शवलाई पोष्टमार्टमका धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles