राैतहट ३१ साउन
राैटहट गैडाटारका युवाहरुले शनिबार गुम्बा परिसरमा सरसफाई गरेका छन । पछिल्लाे समय राैतहटकाे चन्द्रपुर नगरपालिकाकाे वडा नम्वर ३ गैडाटार एक युवा समूह नै श्रमदानमा जुटेका छन । उनीहरुले स्थानिय पुर्व टाेल स्थित गुम्बा र कर्मध्वज लामाकाे सालिक क्षेत्रमा सरसफाई गरेका छन । गैडाटारका सार्वजनिक स्थलहरु गुम्बा , सडक , मठ मन्दिर , चाैतारा , प्रतिक्षालय लगायतका सबै क्षेत्रमा सरसफाइ गरि सुन्दर गाउकाे रुपमा परिचित गराउने एक युवा समृद्ध गैडाटार निर्माणका अभियानता मानध्वज थिङले तराई पाेष्टलाई बताउनु भयाे । गैडाटारमा भएका विभिन्न विकास निर्माणका कार्यहरुकाे अनुगमन देखि बेतिथिहरुलाई हटाउन आम युवाहरु एकताबद्व भएर अगाडि बढनुकाे बिकल्प नभएकाे स्थानिय युवा भुपाल जिम्बाले बताउनु भयाे । युवाशक्ति एकजुट भए समृद्ध गैडाटार निर्माणका कसैले राेक्न नसक्ने स्थानिय शिक्षक रेशम थिङकाे दावी रहेकाे छ । समृद्ध गैडाटार निर्माण अभियानले नै अब गैडाटारका आम नागरिकहरुलाई केही नयाँपनकाे आभास गराउनेमा विश्वस्थ रहेकाे जीवन कटुवालले बताउनु भयाे । अब गैडाटारमा श्रमदान देखि राेजगार , बेतिथि , चेतनाका कार्यक्रमहरु लगायत सुन्दर गैडाटार निर्माणमा सशक्त भएर विभिन्न याेजनाहरु कार्यन्वय गरि गैडाटारलाई समृद्ध बनाउने उनिहरुले बताएका छन । सरकारी बजेटले मात्रै विकास गर्न सकिन्छ भन्ने आम नागरिकहरुकाे साेचलाई परिवर्तन गर्ने गरि गैडाटारका युवाहरुले श्रमदानबाट पनि विकास गर्न सम्भव छ भन्नका लागि काम गरेकाे स्थानिय युवा विवई थिङले बताउनु भयाे ।

गुम्बा सरसफाई कार्यक्रममा झार काट्ने मेसिन सहयाेग गर्ने हरिरि बहादुर माेक्तान , खाजाका लागि श्याम चाैहान , अशाेक गाैतम , राम बहादुर भण्डारी , लयुल दाेर्जे बल लगायत लाई अभियानका युवाहरुले धन्यवाद दिएका छन । अगामी शनिबार पनि श्रमदानकाे तयारीमा जुट्ने उनीहरुले बताएका छन । सहभागी जनाउनु हुने रेशम थिङ , दुतराज थिङ , भुपाल जिम्बा , छविलाल गाैतम , जीवन कटुवाल , राज दाहाल , आर के तामाङ लगायत समृद्ध गैडाटार अभियानका सम्पुर्ण सदस्यहरुलाई आयाेजकले धन्यवाद दिएका छन ।

