राैतहट ३१ साउन
राैतहटमा नगर प्रमुखलाई स्थानिय एक समुहले आक्रमण गर्दा घाइते भएका छन । राैतहटकाे देवाही गाेनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल कानुलाई एक समुहले आक्रमण गरेका थिए । साे नगरपालिकाका नगर प्रमुख कानु साेही नगरपालिकाकाे वडा नम्बर ९ धरहरी गाउमा लागेकाे कृष्ण जन्माष्टमीकाे अवसरमा आयाेजित मेलाकाे उद्घाटन गर्न पुगेका थिए । कार्यक्रमको औपचारिक उद्घाटनका लागि पुगेका नगर प्रमुख प्रेम लाल साह कानुलाई एक समूहले आक्रमण गर्दा नगर प्रमुख कानुकाे टाउकोमा चाेट लागेकाे जनाइएकाे छ । नगर प्रमुख सहित २ जना प्रही घाइते भएका छन । उनीहरु ३ जनाकाे गरुडा–४ मा रहेको बेटर नेपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । मेलामा सहभागी भीडबीच तनाव बढ्दै जाँदा पूर्व–योजना अनुसार आक्रमण गरिएको हुन सक्ने आशंका स्थानियले गरेका छन ।

झडपपछि केही समय मेला क्षेत्र तनावग्रस्त बनेको थियाे । तर केही समयपछि भिडलाई नियन्त्रणमा लिइ मेला सामन्य अबस्थामा आएकाे प्रहरीको भनाइ रहेकाे छ । इलाका प्रहरी कार्यालयले घटनामा संलग्न आक्रमणकारी समूहको पहिचान गरी पक्राउ कार्य तीव्र बनाएको जनाएको छ।

