रौतहट ३० साउन
रौतहटको फतुवा विजयपुर नगरपालिकाको नगर सभा शुक्रबार सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०८२/८३ कालागी सो नगरपालिकाले ५६ करोड ३२ लाख ९५ हजार १५१ रुपियाको बजेट सार्वजनिक गरेको छ । कार्य वाहक नगर प्रमुख अम्बेया खातुनले प्रस्तुत गर्नु भएको निति तथा कार्यक्रममा शिक्षा , स्वास्थ्य , सडक पुर्वाधार , कृषि , पोषण , रोजगारी लगायतका क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ । नगरपालिकाले वडा नम्बर ९ , १० र ११ मा बसोवास गर्ने ८४ जना भूमिहीन सुकुम्बासीहरुलाई जग्गाको प्रमाण पुर्जा वितरण गरिने कार्यक्रममा समेटिएको छ । प्रमुख प्रशासकीय अधिकृत भरत यादवले सामाजिक विकासदेखि पूर्वाधार, वन वातावरण, लघु उद्यम जस्ता विषयमा लक्षित बजेट विनियोजन भएको बताउनु भयो । प्रदेश सभा सदस्यका प्रत्याशी महम्मद सेराजले बजेट सन्तुलित रहेको बताउँदै समयमै योजना कार्यान्वयनको खाँचो रहेको औंल्याउनु भएको छ । लेखा अधिकृत कामेश्वर सहनीले बजेट ढिला आएपनि योजना लागु गर्न अनुकूल वातावरण बनिसकेको बताएका छन ।

