रौतहटमा ईट्टा उद्योग संकटमा , बिमा निति ल्याउनु पर्ने व्यावसायीहरुको माग

रौतहट ३० साउन
रौतहट ईट्टा ब्यावसायी संघको ७ औ साधारण सभा शुक्रबार सम्पन्न भएको छ । रौतहटको गरुडामा सम्पन्न साधारण सभाले राम विनोद साहको अध्यक्षतामा १५ सदस्यीय रौतहट ईट्टा व्यावसायी संघको समिति समेत गठन गरेको छ । सो ७ औ साधारण सभा तथा ५ औ रौतहट अधिबेसनमा ईट्टा व्यावसायीहरुले बीमा गर्नु पर्नेमा जोड दिएका थिए । रौतहटका इँटा व्यवसायीहरुको बीमा नहुँदा ठूलो मर्कामा परेका उनीहरुले बताएका छन् । उद्योगीहरूले ईट्टाको बिमा नहुँदा उद्योग चलाउनै कठिन भएको गुनासो गरेका थिए । मधेश प्रदेशमा ईट्टा व्यावसायीहरु १३४९ जना रहेकोमा हाल ७०० ईट्टा व्यावसायीहरु मात्रै बाकी रहेको ईट्टा व्यावसायी संघ मधेश प्रदेशका अध्यक्ष विक्रम कुमार साहले बताउनु भयो । रौतहटमा भने १६३ मध्ये ६० ओटा उद्योगहरु मात्रै सञ्चालनमा रहेको बताउनु भयो । अब ईट्टाको पनी बीमा नीति ल्याउन नसके ईट्टा व्यावसायीहरु उद्योग सञ्चालनबाट पलायन हुने उहाको भनाई रहेको छ । उहा यसरी नै व्यावसायीहरु प्लायन हुदै जाने हो भने विदेशबाट इँटा ल्याउने दिन आउन सक्ने चेतावनी समेत दिनु भयो । ईट्टा व्यावसायीहरुको समस्या सुनेर गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवार र प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले चिन्ता व्यक्त गरेका छन । अस्वस्थ प्रतिस्पर्धा, उत्पादन लागत वृद्धि र मूल्यमा गिरावटले उद्योग धराशायी हुँदै गएको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खडकाको भनाई रहेको छ ।

ताजा समाचार

Related Articles