रौतहट ३० साउन
रौतहटमा विहिबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रौतहटको परोहा नगरपालिकाको वडा नम्बर ६ बसन्त पट्टीका बर्ष १६ का राहुल कुमार पण्डितको करेन्ट लागेर मृत्यु भएको मृतका बुवा उमेश कुमार पण्डितले तराई पोष्टलाई जानकारी दिनु भयो । मृतक पण्डित खेतमा सिचाईका लागी विद्युतिय मोटर जोड्न क्रममा करेन्ट लागेर गम्भिर घाइते भएको थिए । घाइते पण्डितको उपचारका लागी स्थानिय घोडहीमाई अस्पतालमा लगिएको तर अस्पतालमा पुग्दा चिकित्सकले पण्डितको मृत्यु भइसकेको बताएका थिए । रौतहटमा सिचाइका लागी विद्युतिय मोटर चलाउने क्रममा धेरै किसानहरुले ज्यान गुमाइ सकेका छन । सम्बन्धित निकायहरुले यस्तो घटनाहरुको न्युनीकरण गर्न पहल गर्नु पर्ने स्थानियले गुनासो गरेका छन ।

