रौतहट २८ साउन
गैडाटारका एक युवा समुहले बुधबार सडकका खाल्टाहरुमा ग्रावेलिङ गरेको छ । बुधबार चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारको पुर्व टोल गुम्बा क्षेत्रको कालो पत्रे सडकमा भएका खाल्टाखुल्टीहरुले आवतजावत गर्ने विभिन्न सवारी साधनहरुलाई असहज भई दुर्घटनाको जोखिमलाई मध्य नजर गरी सहज यात्राका लागी आफुहरुले ग्रावेल विछ्याएको समृद्ध गैडाटार निर्माणका एक अभियानता अमर भण्डारीले तराई पोष्टलाई बताउनु भयो । बुधबार कर्मध्वज लामाको सालिकदेखि बम बहादुरवाइवाको घरसम्म र पुरानो टोलस्थित फुटबल चौरमा भएको खाल्टोमा ग्रावेल बिछ्रयाएका छन । बर्षाका कारण अन्य ठाँउमा भने बुधबारको कार्यक्रम सम्पन्न गर्न नसकेकाले बाकी काम विहिबार पुन निरन्तरता दिने विवई थिङले जानकारी दिनु भयो । मौसमको अबस्थाले हेरेर सडक ग्रावेलका कामहरुले निरन्तरता पाउने शंकर वाइबाले बताउनु भयो । त्यसैगरि २०८२ साउन ३१ गते शनिबार गुम्बा परिसर र कर्मध्वज लामा सालिक क्षेत्रमा सरसफाई कार्यक्रमको आयेजना गरेको समेत उनीहरुले बताएका छन । समृद्ध गैडाटार निर्माण अभियानमा आबद्ध हुन ति युवा समुहले सबैमा अपिल समेत गरेको छ ।


गैडाटारमा सरकारी बजेटले मात्रै विकासका पुर्वाधारहरु निर्माण गर्न सकिन्छ भन्ने सोचलाई बदल्न समृद्ध गैडाटार निर्माण अभियान कै रुपमा आफुहरु एकताबद्ध भई अभियान नै सञ्चालन गरेको सोही अभियानका एक सदस्य दिपेन्द्र न्यौपानेले बताउनु भयो । एकता र श्रमदानले पनि मुलुकलाई समृद्ध बनाउने आधार निर्माण गर्न सकिने उदाहरणको रुपमा आफुहरु प्रस्तुत हुने उनीहरुको दावी रहेको छ ।
चन्द्रपुर गैडाटारका एक युवा समुह सामाजिक कामप्रति उतरदायित्व बहन अघि बढाएका छन । पछिल्लो समय गैडाटारमा श्रमदानप्रति बितृष्ण बढिरहेको बेला गैडाटारका एक युवा समुहले भने सक्रियता देखाएको छ । समृद्ध गैडाटार निर्माण अभियानको नाम दिएर सो समुहले विभिन्न सामाजिक कामहरुप्रति चासो देखाउदै सामाजिक कामहरुमा सक्रियता बढाएका हुन ।

