रौतहट २८ साउन
रौतहटमा इन्धन र यातायात खर्च भुक्तानी प्रक्रियामा अनियमितता भएको खुलेको छ । रौतहटको फतुवा विजयपुर नगरपालिकाको कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले नगरपालिकाको इनधन खर्च र यातायात खर्च भुक्तानीमा नगरपालिकाको ७ लाख भन्दा बढी रकम अनियमितता गरेको माहलेखा परिक्षकको कार्यालय काठमाडौले जनाएको छ । महालेखा परिक्षकले खातुनसँग सो रकम असुल गर्न सिफारिस समेत गरेको महादेखा परिक्षकको कार्यालयले जनाएको छ । कार्यवाहक नगर प्रमुख खातुन र प्रमुख प्रशासकिय अधिकृत भारत यादवले पत्रकार सम्मेलन गरेर आफुहरुले कुनै भ्रष्टचार नगरेको , नियम कानुनलाई मिचेर कुनै काम नगरेको बताएको ४ दिनपछि महालेखा परिक्षकको कार्यालयले अनियमितता गरेको सो रकम असुल गर्न सिफारिस गरेको खुल्न आएको छ । पिएएमएस प्रणाली मार्फत माग फाराम स्वीकृत गर्ने, खर्च लेख्ने र इन्धन आपूर्ति कर्तासँगको कारोबारमा नगरपालिकाको ध्यान नजाँदा आर्थिक अनियमितताको देखिएको जनाइएको छ । परिक्षकले जाँचको क्रममा, नेपाल आयल निगमले तोकेको दरमा इन्धनको बिल जारी नगरी लामो अवधिको बिल जारी गरिएको र सोही आधारमा भुक्तानी गरिएको पाइएको बताइएको छ । जसले गर्दा तोकिएको दरभन्दा बढी भुक्तानी देखिएको बताइएको छ । परीक्षण गरिएका ६ महिनामा कुनै पनि सवारी साधनको लागि इन्धनको मासिक मापदण्ड तयार नगरिएको, सवारी साधनको लगबुक नभरिएको, कुपन खाली रहेको, कुपन नमर्किएको तथा प्रयोग विवरण नदिइएकाले इन्धन खर्च मितव्ययी र उपयुक्त रहेको छ भन्ने प्रमाणित गर्न नसकिने अवस्था देखिएको महालेखा परिक्षकको छ । त्यसैगरि भौचर नम्बर २८–२०८०१२१९१ अन्तर्गत १४ महिनाको यातायात खर्च शीर्षकमा नगरपालिकाका कार्यवाहक नगर प्रमुख अम्बेया खातुनलाई ७ लाख १४ हजार भुक्तानी गरिएको समेत पाइएको छ । तर नगर उपप्रमुखलाई पहिले नै नगरपालिकाबाट यातायात साधन उपलब्ध गराइएको हुँदा यो खर्च लिन मिल्दैन भन्ने जाँच समितिको निष्कर्ष निकालेको छ । दोहोरो यातायात भत्ता र इन्धन वापतको रकम असुल गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयद्वारा सिफारिसमा उल्लेख गरेको छ ।

