रौतहटमा बससँग ठोकियो स्कारपियो , सवारी क्षतिग्रस्त

रौतहट २८ साउन
रौतहटमा बुधबार बस र स्कारपियो एक अर्कामा ठोकिएको छ । रौतहटको यमुनामाई गाउपालिकाको वडा नम्बर ५ इद्रिस गेट नजिकै चन्द्रनिगाहपुरबाट गौर जादै गरेको बसलाई विपरित दिशाबाट आएको स्कारपियोले बसको साइडमा ठक्कर दिदा सो दुर्घटना भएको यात्रुहरुले बताएका छन । ठक्कर दिने स्करापियो प्र.२—०३—००१ च ६०४१ नम्बरका चालक र ना.४ ख ५३१८ नम्बर बसका चालक दुवै जना फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले तराई पोष्टलाई जानकारी दिएको छ । बुधबार दिउसो २ :२० बजे सो दुर्घटना भएको प्रत्यक्षदर्शीहरुको भनाई रहेको छ । दुर्घटनामा कुनै मानवीय क्षति नभएको र बसमा सवार यात्रुहरु आ—आफ्‌नो गन्तब्य तर्फ गइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले तराई पोष्टलाई जानकारी दिनु भयो । बसमा सामन्य क्षति भएको तर स्कारपियोको अगाडीको भाग भने क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । फरार दुवै सवारीका चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles