रौतहट, १२ असार । लामो समयदेखि अभिभावक विहीन रहेका वृन्दावन नगरपालिका–२ स्थित श्री नेपाल माध्यमिक विद्यालय विश्रामपुरको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा अमिन्द्र पटेल सर्वसम्मत रूपमा चयन भएका छन्।
विद्यालयमा आयोजित बैठकबाट पटेललाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरिएको हो। नवनिर्वाचित अध्यक्ष पटेलले विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास तथा विद्यालयलाई थप व्यवस्थित र अनुशासित बनाउन सबै पक्षसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
स्थानीय अभिभावक, शिक्षक तथा सरोकारवालाले अध्यक्षमा सर्वसम्मत चयन भएका पटेललाई बधाई दिँदै विद्यालयको समग्र विकासमा प्रभावकारी नेतृत्व प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

